शक्तिशाली भूकम्पपछि औषधी र चिकित्सक शीघ्र आपूर्तिको लागि आग्रह

मेउरेडु (इन्डोनेसिया) २३ मंसिर – पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि घाइतेहरुको लागि शीघ्र औषधी र चिकित्सकको लागि अधिकारीहरुले आग्रह गरेका छन् ।

सो भूकम्पमा परी १०२ व्यक्तिको मृत्यु भएको छ भने सयौं व्यक्ति घाइते भएका छन् । यस भूकम्पमा परी ७ सय भन्दा बढी घाइते भएका र ती मध्ये कैयौको अवस्था चिन्ताजनक रहेको प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ ।

यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको आचे प्रान्तको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको र घाइतेको सङ्ख्या पनि घेरै रहेका हुनाले औषधी र उपचारको लागि बढी चिकित्सकको आवश्कता परेको प्रकोप नियन्त्रण विभागका अधिकारीले जानकारी दिएका छन् ।

कम मात्र गहिराईमा केन्द्रविन्दु भएर आएको यस ६.५ रिक्टर स्केल मापन गरिएको शक्तिशाली भूकम्पको कारण आचे प्रान्तमा रहेका सयौ घर, मस्जिद व्यापारिक भवनहरु ध्वस्त भएका छन् ।

इन्डोनेसियाको आचे प्रान्त सन् २००४ मा आएको सुृनामीबाट पनि अति प्रभावित भएको थियो ।

भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका थिए ।

यस शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएका हुनाले मृतकको सङ्यासमेत बढ्ने अनुमान गरिएको छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *