जाडोका बेला बालबालिकालाई कसरी जोगाउने ?

यतिवेला काठमाडौं लगायत देश भरमा जाडो मौसम सुरु भइसकेको छ। चिसो बढेसगैं मानिसहरुमा रुघाखोकी, श्वासप्रश्वासको समस्या बढ्न थालेको छ । त्यसो त सामान्य स्वस्थ मानिसलाई समेत अप्ठेरोमा पार्ने चिसो मौसम बच्चा र बृद्धबृद्धाका लागि सबैभन्दा सम्वेदनशील मौसम हो  । बल्खुस्थित बयोधा अस्पतालकी बालरोग विशेषज्ञ डा. निभा राजभण्डारीले चिसो मौसममा बच्चाहरुलाई जोगाउने केही उपयोगी टिप्सहरु दिएकी छन् । हेरौँ उनका टिप्सहरु :

untitled-1-copy

रुघा लाग्यो भनेर भिक्स नलगाईदिनुहोस :

जाडो मौसममा धेरै बच्चाहरु रुघाखोकीको सिकार हुने गर्दछन्। जसले गर्दा बच्चाहरुको नाक टालिने गर्दछ। यसले बच्चाहरु अप्ठेरो महसुस गर्छन् । यस्तो बेलामा धेरै अभिभावकहरुले भिक्स लगाउने चलन छ। तर यस्तो गर्नु हुदैन भिक्समा हुने केमीकलहरुले साना साना बच्चाहरुको नरम छालामा धेरै असर गर्दछ। त्यसैले यस्तो बेलामा नरम कपडा या कपासले नाक सफा गरिदिनु पर्छ।

धेरै बाक्लो लुगा नलगाईदिनुहोस् :

धेरै अभिभावकहरुले जाडोको बेलामा बच्चाहरुलाई एकै पटक धेरै लुगा लगाइदिने गर्नुहुन्छ । तर यसले फाइदा गर्दैन । यसले बच्चाहरुलाई  न्यानो हुने हैन उल्टै समस्या ल्याइदिनसक्छ । अनावश्यक रुपमा बाक्लो कपडा धेरै लगाइदिदाँ बच्चाहरुलाई पसिना आउँछ। सो पसिना शरिरमा नै सुक्न जान्छ। जसले बच्चाहरुलाई रुघा लान्ने, चिसो हुने र त्यसैले गर्दा निमोनियाँ समेत हुने गर्दछ।

त्यसैले एकै पटकमा बच्चाहरुलाई धेरै कपडा लगाइ दिनु हुदैँन । बाक्लो कपडा लगायदिदाँ पनि बेलाबेलामा पसिना आए नआएको हेरेर पुछिदिने गर्नु पर्छ। अर्को कुरा सानो बच्चालाई न्यानोका लागि कपास भएको लुगा पनि लगाइदिने चलन छ । यस्तो लुगा लगाउन हुँदैन । यस्तो कपडाले पसिना सोसिरहन्छ र सधैँ चिसो हुन्छ ।

बेला बेलामा नुहाइदिनु होस् :

चिसो मौसममा धेरै अभिभावकले बच्चाहरुलाई  रुघाखोकी लाग्छ भनेर लामो समय सम्म बच्चालाई ननुहाइदिने गर्नु हुन्छ । यो झन् बच्चाको स्वास्थको लागि घातक हुन्छ। बच्चाको सरसफाइ नियमित गरेको छ भने उसलाई जतिपटक नुहाए पनि रुघाखोकी लाग्ने सम्भावना हुँदैन । तर, सानो हुँदा नुहाइदिन कम गरिएको छ भने पछि गएर नुहाउनासाथ समस्या देखिन सक्छ। ननुहाउँदा विभिन्न खालका खटिराजन्य संक्रमण पनि हुन्छ। त्यसैले बच्चालाई सानैदेखि नियमित नुहाउने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ।

मौसम अनुसारका फलफूल नियमित खुवाउने गर्नुहोस् : 

धेरैअभिभावकहरुले बच्चाहरुलाई  चिसो हुन्छ भनेर फलफूल नखुवाउँने गर्नु हुन्छ। तर यस्तो गर्नु हुदैन बच्चाहरुलाई मौसमअनुसार पाइने फलफूलहरु नियमीत खुवाउनु पर्दछ। तर ति फलफुल खुवाउनु भन्दा अगाडी तातो पानिमा राम्ररी तातो पानीमा पखालेर खुवाउने गर्नु पर्छ। यस्तो गर्दा फलफुलमा हुने केमिकल पनि धोइने गर्दछ । अर्को कुरा सानो बच्चालाई स्याउँ वा अन्य फलफुल खुवाउँदा पकाएर मिचेर खुवाउँदा अझ राम्रो हुन्छ।

विहानको घाममा सुताउने गर्नुहोस् :

बच्चाहरुलाई जाडो मौसमा विहान पखको घाममा सुताउने गर्नु पर्छ। अझ १२ बजे अगाडीको घाममा बच्चाहरुलाई सुताउदाँ शरिरमा चाहिने भिटामिन डि प्रयाप्त मात्रमा पाइने गर्दछ। यस्तो वेलामा शुद्ध तोरीको तेल, नरिवलको तेल या ओलिभ ओयलले मालिस गरिदिनु राम्रो हुन्छ। र धेरै अभिभावकहरुले बच्चाहरुलाई तेल लगाउँदा कान, नाक, नाइटोमा लगाइदिने गर्नु हुन्छ। तर यस्तो गर्नु हुदैन यि ठाउ ठाउँमा तेल लगाउँदा संक्रमण हुने सम्भावना हुन्छ ।

आमाले पनि सरसफाइमा विशेष ध्यान दिनु होस् :

जाडो महिनामा बच्चाहरुलाई स्वस्थ्थ राख्न बच्चाहरुलाई मात्र स्यहार सुसार गरेर हुदैन आमाले पनि आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्छ। आमालाई केही संक्रमण भएमा सो संक्रमण बच्चालाइ पनि सर्ने सम्भावना धेरै हुने भएकाले आमाले आफ्नो सरसफाइमा ध्यान दिनु पर्छ। अझ दूध चुस्ने बच्चाका आमाले भने झनै बढी सरसफाइमा ध्यान दिनुपर्छ।

यदि स्तन र स्तनको निप्पल फोहोर भएमा बच्चाको मुखमा घाउ हुने सम्भावना बढी हुन्छ। आमा र बच्चा दुवैको सरसफाइ नभएर पिसाबमा संक्रमण पनि देखिने गर्दछ। त्यसैले आमाले पनि आफ्नो व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनु पर्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *