स्तरबृद्धि भई पदनाम पाएर पदस्थापन नभएका कर्मचारीको बिबरण खोज्दै मन्त्रालय

mohp1 copy

काठमाडौँ, २१ मंसिर – जिल्लाले एकीन बिबरण नपठाउँदा स्तरबृद्धि भई पदनाम पाएर पदस्थापन हुन नसकेका कर्मचारीको समस्या समाधान गर्ने स्वास्थ्य मन्त्रालयको प्रयासमा टुंगोमा पुगेको छैन् ।

मन्त्रालयले नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ख अनुसार स्तरबृद्धि भई पदनाम पाएका तर सो ऐनको दफा १७ अनुसार पदस्थापन नभएका कर्मचारीहरुको विवाद सल्टाउने योजना अनुरुप विवरण माग गरेको थियो ।

विभाग, क्षेत्रीय स्वास्थ्य र जिल्ला स्वास्थ्य गरी तीन वटै तहलाई पत्राचार गरि स्तरबृद्धि भई पदनाम पाई पदस्थापन हुन नसकेका कर्मचारीको विबरण खोजेको थियो । तर तीन वटा अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाहेक अन्यत्रबाट बिबरण नै आएन ।

‘जिल्ला जनस्वास्थ्यले आफ्ना अन्तर्गतका विबरण पठायो त्यसबाहेक लुम्बिनी अञ्चल अस्पताल, कोशी अञ्चल अस्पताल र बीर अस्पतालले पनि पठाएको छ तर ती बाहेक अन्य अस्पताल तथा कार्यालयबाट अझै विबरण आएको छैन् । एकीन विबरण नआउँदा कसरी समस्या समाधान गर्ने भन्नेमा नै अन्योल भएको छ,’ मन्त्रालयका उपसचिव बाबुराम खनालले भने ।

खनालका अनुसार अहिलेसम्म करीब ३ हजार दुई सय त्यस्ता कर्मचारी रहेको विवरण आएको छ । यद्धपी धेरै अस्पतालहरुबाट विवरण नआउँदा अन्योल परेको हो ।

तत्कालिन स्वास्थ्य मन्त्री रामजनम चौधरीले पदस्थापनको विषयलाई टुंग्याउने उपयुक्त उपाय खोज्न गत २१ असारमा एक समिति गठन गरेका थिए । सो समितिलाई मंसिर मसान्तसम्मको अवधी दिइएको थियो ।

सो समितिले काम सुरु गरेपनि विवरण नआउँदा काम अघि बढाउन अप्ठेरो भएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “स्तरबृद्धि भई पदनाम पाएर पदस्थापन नभएका कर्मचारीको बिबरण खोज्दै मन्त्रालय

  1. Aasad ko ptra ko list n pathaune karyalaya lai kin pathayen jankari Lin milch hola in feri sabai patra haru ko tu jabaf jancha padsthapna ko kin ni jadain 13thum district ko t excel copy nai email gayeko cha .

  2. Every office km administration and officer ko work bhitra yo padsthapna list pathaune kam pardain hola ya pathaye pani mantralaya ka karmachari haru lai Herne bani chain current line bani cha mails nai 4patak bhanda badhi list pathai sakeko chu r tayhi list anusar bises padsthapana patra diyeko cha smran rahosh.

  3. स्तरबृद्धि भई पदनाम पाएर पदस्थापन नभएका कर्मचारीको बिबरण खोज्दै मन्त्रालय” TUTH. Hospital maharajgunj ma pani स्तरबृद्धि भई पदनाम पाएर पदस्था gaपन नभएका कर्मचारीको बिबरण खोज् na Request chha. ra milnunu hola

Leave a Reply

Your email address will not be published. Required fields are marked *