त्रुटिपूर्ण नतिजा निकाल्ने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षा सामग्री स्वास्थ्य मन्त्रालयद्धारा जफत

patan swasthya bigकाठमाडौँ, १९ मंसिर – स्वास्थ्य मन्त्रालयको छानवीन टोलीले एमबीबीएस प्रवेश परीक्षाको दुई पटक नतिजा निकाल्ने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागबाट विद्यार्थीको उत्तरपुस्तिका, नतिजा निकाल्ने सफ्टेर तथा कम्प्युटर जफत गरेको छ ।

मन्त्रालयका सहसचिव भोलाराम श्रेष्ठको नेतृत्वमा गएको चार जनाको टोलीले छानवीनका लागि भन्दै विभागबाट प्रवेश परीक्षा र नतिजाका लागि प्रयोग भएका सबै सामग्री जफत गरेको हो ।

गत १५ मंसिरमा प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको प्रतिष्ठानले कोडिङमा त्रुटी भएको भन्दै हिजो पुन अर्को नतिजा निकालेको थियो । नयाँ नतिजामा अघिल्लो पटक उत्तीर्ण भएका थुप्रै विद्यार्थी अनुर्तीण भएका छन् ।

नतिजा विवादमा परेपछि स्वास्थ्य मन्त्री गगन थापाले हिजो नै मन्त्रालयको तर्फबाट सहसचिव डा भोलाराम श्रेष्ठको उच्चस्तरीय समिति गठन गरि छानवीनका लागि निर्देशन दिएका थिए । सोही निर्देशन बमोजिम आज मन्त्रालयबाट डा श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले सबै सामग्री जफत गरेको हो ।

टोलीका एक सदस्य शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले १ हजार ९ सय बढी उत्तरपुस्तिका, सफ्टवेर सहिको ल्यापटम, कोडिङ सिट सहित सबै कागजात सिलबन्दी गरि मन्त्रालयमा ल्याएको बताए ।उनले काजजात र सफ्टवेरको अनुसन्धान संगै परीक्षामा सहभागी प्रतिष्ठानका अधिकारीकाहरु माथि समेत छानवीन सुरु गरिएको भएको बताए ।

‘किन यस्तो त्रुटी भएको भनेर सोधियो उहाँहरुले आफ्ना भनाई राख्नु भयो । हामीले अहिले सबै डकुमेन्ट र सामग्री सिल गरेर ल्याएका छौँ । सुवेदीले भने, केही दिनमा त्यसको प्रतिवेदन आँउछ । के भएको रहेछ भन्ने त्यसबेला नै थाह होला’ उनले भने ।

परीक्षाका अधिकारीहरुले अघिल्लो पटक परीक्षामा सहभागी नभएका १२ जनाको नतिजा उत्तीर्ण सूचीमा आएको समेत जानकारी दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “त्रुटिपूर्ण नतिजा निकाल्ने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षा सामग्री स्वास्थ्य मन्त्रालयद्धारा जफत

  1. मानिस हो गलित हुन्छ र मानिसले नै बनाएको सफ्टवेर हो त्यसैले सफ्टवेरले त्रुटी गर्यो |

    तर यहाँ महत्वपूर्ण मुद्धा भनेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको गलित भनेकै जसलाई परिक्षाको व्यवस्थापन र नियन्त्रण गर्ने जिम्मेवारी पाएका वा लिएका थिए सोहि टोली र टोली प्रमुखको गैरजिम्मेवारीपनले गर्दा त्यस्तो त्रुटीपूर्ण नतिजा प्रकाशन हतारमा गरेर फसे मज्जाले आफ्नो लापरबाहीले गर्दा सम्पूर्ण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नै बदनाम गरे |

    त्यस्ता गैर जिम्मेवारीपूर्ण कर्मचारीहरुलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कारबाही गर्नु नै पर्छ र आगमी दिनहरुमा त्यस्ता कर्मचारीहरुलाई कहिल्यै दिनु हुन्न जिम्मेवार परिक्षाको |

    यदि दिएमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने कुनै पनि परिक्षाको विश्वसनीयता स्वाहा हुने पक्कै छ आम जनमानस र विधार्थहरुबाट |

  2. अहिलेको नतिजा प्रकाशनमा भएको त्रुटीले पाटन स्वास्थ विज्ञान प्रतिष्ठान कुनै आर्थिक लाभ लिने उद्देश्यले स्थापना भएको होईन भन्ने कुरामा समेत शंका उत्पन्न भएको छ ।।
    त्यसैले अबका दिनमा Patan academy of health science आफ्नो स्थापनाका उद्देश्य हरु प्रती दृढ हुनुपर्छ जस्तो लाग्छ ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *