डीन नियुक्ति प्रक्रियाको विरोध गर्दै आइओएमका प्राध्यापकद्धारा शैक्षिक कार्यक्रम बहिस्कारको घोषणा (विज्ञप्ती सहित)

mass2

काठमाडौँ, १९ मंसिर – नयाँ डीन नियुक्ति प्रक्रियाको विरोध गर्दै त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान( आइओएम)का प्राध्यापकहरुले शैक्षिक कार्यक्रम बहिस्कारको घोषणा गरेका छन् । उनीहरुले अस्पतालको सेवा र पहिले तय भइसकेको विद्यार्थीको परीक्षा भने नियमित रुपमा सञ्चालन गर्ने जनाएका छन् ।

आइओएम बचाँउ संघर्ष समितिको नाममा आइतबार दिउसो आयोजित मास मिटिङमा प्राध्यापक, फ्याकल्टी, नर्सिङ, तथा कर्मचारी प्रतिनिधी गरी एक सय भन्दा बढीको उपस्थिति थियो । सो मिटिङले आइओएम अन्तर्गतका महाराजगञ्ज क्याम्पस, नर्सिङ क्याम्पस लगायतका शैक्षिक संस्थामा तत्काल शिक्षण कार्यमा सहभागी नहुने निर्णय गरेको हो । यद्धपी भेलामा सहभागी केही प्राध्यापकहरुले भने शिक्षण कार्यमा सहभागी नहुने निर्णयको विरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राडा जीवन शेरचनले त्रिवि कानून अनुसार नियुक्त भएको व्यक्तिलाई हटाउने अधिकार कसैलाई नभएको भन्दै डा गोविन्द केसीले इमोसनल व्ल्याक मेलिङ गरि हटाएको आरोप लगाए ।

प्राडा शशी शर्माले आफू जसरी शिकार बनाइयो त्यसैगरी डा केपी सिंह सिकार भएको भन्दै आपत्ती जनाए । उनले एक व्यक्तिले भन्दैमा हटाउने र नियुक्ति गर्ने काम भएको भन्दै यसको अन्त्य हुनुपर्ने बताए । उनले सरकारी अधिकारीले गैरकानूनी रुपमा कसैलाई हटाउने र नियुक्ति गर्ने कार्य गरेको बताए ।

mass4

प्राडा प्रताप नारायण प्रसादले अहिलेको डीन नियुक्ति प्रक्रिया गैरकानूनी रहेको भन्दै यसलाई समर्थन गर्न नसकिने बताए ।

प्राडा करबीरनाथ योगीले एउटा व्यक्तिको आडमा स्वायत्त निकायको नियम कानून मिचेर नियुक्ति र राजिनामाका लागि दवाव दिने काम भएको भन्दै आपत्ती जनाए ।

प्राडा रामप्रसाद उप्रेती, प्राडा प्रेम ज्ञवाली, कर्मचारी संघकी नर्मदा थापा लगायतले डीन नियुक्ति प्रक्रियाको विरोध गरेका थिए । उनीहरुले आइओएममा भएको हस्तक्षेपको विरोधमा शैक्षिक कार्यक्रममा सहभागी नहुने निर्णय गरे ।

mass3

तर भेलामा सहभागी डा राजेन्द्र वाग्लेले डा केसी र अग्रवालको विरोध प्रति आपत्ती जनाए । उनले शैक्षिक कार्यक्रम स्थगित गर्न नपाइने बताएपछि सहभागीहरुले केसीको आन्दोलनका अस्पताल बन्द गर्दा मौन रहने अहिले आपत्ती जनाउने भन्दै कडा प्रतिवाद गरेका थिए ।

कार्यक्रममा अस्पतालका उपनिर्देशक प्राडा दिनेश काफ्ले, प्राडा प्रदीप श्रेष्ठले विरोध गर्ने शैलीलाई परिवर्तन गर्न सुझाव दिएका थिए ।

त्रिवि प्राध्यापक संघ महाराजगञ्ज क्याम्पस इकाई उपाध्यक्ष डा अभिमन्यू झाले मास मिटिङले अस्पतालको सेवा र विद्यार्थीहरुको पहिले तय भएको परीक्षा सञ्चालन गर्ने तर शैक्षिक पठन पाठनमा सोमबारबाट सहभागी नहुने निर्णय गरेको बताए ।

उनले डीन कार्यलयमा लागेको ताला जारी रहने समेत जानकारी दिए ।

विज्ञप्ती

big1

big

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *