नयाँ डीन प्राडा अग्रवालको विरोध गर्दै डीन कार्यालयमा लाग्यो ताला

काठमाडौँ, १८ मंसिर – नयाँ डीन प्राडा जगदीश अग्रवालको विरोध गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्राध्यापकहरुले डीन कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले प्राडा अग्रवाललाई पदवहाली गर्न नदिने समेत बताएका छन् ।

आइओएम बचाउ संघर्ष समितिको नाममा जारी विज्ञप्तीमा त्रिवि कार्यकारी परिषद्को पूर्ण बैठकले त्रिविको नियम र कानुनसम्वत तारिकाबाट चुनिएको प्राडा केपी सिंहलाई कुनै व्यक्तिको कारणले सरकारले अबैधानिक तवरबाट राजिनामा दिन बाध्यपारिएको बताइएको छ ।

स्रोतका अनुसार प्राध्यापकहरुले भोलीनै त्रिवि शिक्षण अस्पतालमा मासमिटिङको आयोजना समेत गरेका छन् । सोही मिटिङले डीनका लागि सिफारिस गर्ने बताएका छन् ।

magh

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *