चिकित्सकको लापरबाहीले छोराको मृत्यु भएको भन्दै ग्राण्डीका मेडिकल डाइरेक्टर सहित ९ जना चिकित्सकसंग १० करोड क्षतिपूर्तिको माग

grandee

काठमाडौँ, १६ मंसिर – चिकित्सककीय लापरबाही (मेडिकल नेग्लीजेन्सी)का कारण विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ग्राण्डी अस्पतालका सिइओ मेडिकल डाइरेक्टर सहित ९ जना विरुद्ध उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको क्षतिपूर्ति समितिमा पेश गरेको उजुरीमा अस्पताल तथा चिकित्सकबाट १० करोड रुपैयाँ क्षतिपूर्ति माग दावी गरिएको छ ।

उजुरी पर्नेहरुमा अस्पतालका सिइओ डा अशोक बर्दन, मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे, डाक्टरहरु सजिन सिंह, डा शंकर रावत, डा मिलनप्रकाश श्रेष्ठ र डा विवेक शर्मा रहेका छन् । त्यसैगरी डा दिपेश अर्याल, डा अविनास गुरुङ, डा एलिना घिमिरेलाई पनि उजुरीकर्ताले विपक्षी बनाएको छ ।

उजुरीबारे जानकारी दिदै चुडाकुमारी
उजुरीबारे जानकारी दिदै चुडाकुमारी

डाक्टरको लापरबाहीका कारण ग्रीनल्याण्ड बस्दै आएका तिलोत्तमा नपा ३ का तीस बर्षीय सुदिप विष्टको मृत्यु भएको भन्दै उनकी आमा चुडाकुमारी विष्ट र भाई सन्दीप विष्टले उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा उजुरी गरेका हुन् । उनीहरुले डाक्टरको लापरबाहीले सुदिपको ज्यान गएको प्रमाण आफूहरुसंग भएको दावी गर्दै कडा १० करोड क्षतिपूर्ति सहित चिकित्सक, व्यवस्थापक तथा सञ्चालक माथि कारबाहीको माग गरेका हुन् ।

मृतककी आमा चुडाकुमारीका अनुसार गत ३ कात्तिकका दिन दिउसो साढे तीन बजे ग्रिनल्याण्डस्थि डेरामा अचानक असैह छाती दुखेपछि साथीको सहारामा सुदिप ग्राण्डी पुगेका थिए । तर इमरजेन्सीमा रहेका चिकित्सक डा शंकर रावतले इसिजी जाँच गरेपछि ग्यास्टिक भएको अनुमान गर्दै सीसीयुमा भर्ना गर्न लगाए । परिबारले हृदयघातको संका गर्दै मुटुका चिकित्सक खोजी गर्दा मिलनप्रकाश श्रेष्ठ भएको भन्दै रोकेर राखेको तर उनले अर्कोदिनसम्म नहेरेको आरोप छ ।

समयमै सही डाइग्नोस नभई सहि डाक्टरले उपचार नगर्दा छोराको ज्यान गएको आरोप परिबारको छ । सुदिपका भाई सन्दीप विष्टले चिकित्सक नभएको अवस्थामा अन्त रिफर गर्नुको सट्टा पैसाको आडमा त्यहि राखेको र विशेषज्ञ चिकित्सक उपलव्ध नगराई विरामीको ज्यान गएको भन्दै क्षतिपूर्ति माग गरेको बताए ।

उता विएण्डबी हस्पिटल ग्वार्कोले श्रीमतीको उपचारमा गलत औषधि प्रयोग गरी १७ लाख भन्दा बढी ठगेको भन्दै उनका श्रीमान अञ्चल राईले एक करोड रुपैयाँ क्षतिपूर्तिको माग गर्दै अर्को उजुरी हालेका छन् । उनले डाक्टरले गलत औषधि चलाउँदा त्यसको रियाक्सनले झन्डै ज्यान गएको र अहिले पनि श्रीमती कमजोर भएको भन्दै क्षतिपूर्ति माग गरेको बताए । राईले अस्पतालका डाक्टर कृष्णप्रसाद शर्मा तथा फार्मेसी विरुद्ध उजुरी दिएको बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले सुदिपको केशमा आफूहरुले बरिष्ठ चिकित्सकहरुसंग लापरबाही मानिने नमानिने बारेमा बुझेपछि मात्रै केश अघि बढाएको बताए । ‘हामी बरिष्ठ चिकित्सकहरुसंग सल्लाह गरेरै यो केश अघि बढाएका छौँ । ग्राण्डीले जे गरेर सुदिपको ज्यान गयो यो मेडिकल नेग्लीजेन्सी नै हो । त्यसैले उजुरी अघि बढेको छ,’ उनले भने ।

बानियाँले अहिलेसम्म मेडिकल नेग्लीजेन्सीको केशमा चिकित्सक तथा अस्पतालले गरी ४२ लाख सम्म क्षतिपूर्ति बुझाएको नजिर आफूसंग भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *