‘डा. केसी मेरो अनन्य मित्र हो तर उसले भन्दैमा राजिनामा दिन्न, बर्खास्त गरे अदालत जान्छु’

प्राडा केपी सिंह, डिन- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)
प्राडा केपी सिंह,
डिन- त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)

तपाईँको नियुक्तिले चिकित्सा शिक्षामा निक्कै खैलाबैला परेको छ त, के भन्नुहुन्छ ?

खैलाबैला परेको होइन पारिएको हो । यसलाई मैले अनौठो मान्दिन् । किनभने म त नियमसंगत रुपमा डिन भएर आएको हो र नियम संगत रुपमा काम गर्ने व्यक्ति हुँ । विचलित पार्न खोजिएको छ । नियम कानून पन्छाएर एउटा व्यक्तिको पछि लागिएको छ ।

डा.  गोविन्द केसीले तपाईँलाई राजिनामा दिन वा  बर्खास्त गर्न माग गर्दै अनसन जारी राख्नु भएको छ, तपाईँले राजिनामा दिनेकी बर्खास्तमा पर्ने ?

म राजिनामा पनि दिन्न, बर्खास्तमा पनि पर्दिन । किन भने म नियमसंगत रुपमा नियुक्त भएको मान्छे हुँ । मेरो आफ्नो आत्मसम्मान हुन्छ । अधिकार हुन्छ । कसैलाई म मन परेन भन्दैमा म किन राजिनामा दिने ?

अनसन जारी छ, तपाईँले राजिनामा नदिने हो भने सरकारले बर्खास्त गर्न पनि सक्ला, यसअघि बर्खास्त गरेको नजिर पनि छ क्यारे ?

अनसनको कुरा मलाई थाह छ । यसअघिका कुरामा म जान चाहन्न । मलाई मेरै मात्रै चासो छ कि म नियमसंगत रुपमा नियुक्ति भएर आएको व्यक्ति हुँ । र मलाई सरकारले बर्खास्त गर्न मिल्दैन् । यदि नियम छाडेर कसैको भावनामा बहकिएर बर्खास्त गरि हाल्यो भने पनि म त्यसै छाडनेवाला छैन, भोलीपल्टै अदालत जान्छु ।

तर डा केसीको अनसन आज १८ दिन भैसक्यो ? स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ? साथीको स्वास्थ्यको लागि पनि त तपाईँले छाडिदिँदा के जान्छ र ?

उ( डा. केसी) मेरो अनन्य मित्र हो । उसको स्वास्थ्यमा तपाईँहरुले जति चिन्ता गर्नुभएको छ त्यो भन्दा बढी चिन्ता मलाई छ । त्यसैले हामीले जे सुकै होस भनेकै छैनौँ । हुनसक्ने सम्भावित अवस्थालाई मध्येनजर गर्दै सबै व्यवस्था तयारी अवस्थामा राखेका छौँ । र मैले फेरी भने उ अनसन बस्दैमा भावनात्मक रुपमा छाड्न थालियो भने यसले नजिर राम्रो बस्दैन । पछि पछि पनि त्यस्तो समस्या दोहोरिरहन्छ ।

उसो भए डा. केसीको अनसन तोडने बिकल्प के छ त ?

डीनको बारेमा सधै किचलो हुने भएको भनेरै मैले डा रमेशकान्त अधिकारीको संयोजकत्वमा समिति गठन गरिदिएको छु । सो समितिले दिएको सुझावको आधारमा अवका डिन नियुक्ति हुनेछन् । त्यसैले यसैलाई आधार मानेर अनसन तोडनुपर्छ ।

तपाईँले मेडिकल कलेज सम्वन्धन दिनका लागि डीन बनाइएको हो भन्ने आरोप छ नि ?

म त्यस्तो व्यवकुफ छु ? मलाई थाह छैन सम्वन्धन दिन हुने नहुने ? र मेरो टेवलमा अहिलेसम्म एउटा निवेदन आएकै छैन । कसरी सम्वन्धन दिने ? अर्कोकुरा पनि थपु हल्ला क्याम्पस चिफ, सहायक डीन नियुक्ति गर्न लाग्यो भन्ने पनि चल्लो त्यो पनि होइन ।

अनि सहायक डिनहरुको नियुक्ति गर्नुहुन्न ?

अहिले गर्दिन, म केही गर्दिन सबैको काम म एक्लै गर्छु । म विवादित काम त गर्दै गर्दिन ।

तपाईँलाई सरकारी टोलीले राजिनामा दिन दवाव दिएको छ रे नि त ?
होइन सब हल्ला हुन् । कसैले दवाव दिएका छैनन् । केही मिडियामा आएका समाचार बाहेक ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *