बालकुमारीको केन्द्रीय ‘ब्लड बैंक’ सोल्टीमोड सारिदै

नेपाल रेडक्रसको सोल्टीमोडस्थित केन्द्रीय कार्यालय
नेपाल रेडक्रसको सोल्टीमोडस्थित केन्द्रीय कार्यालय

काठमाडौँ, १५ मंसिर – भृकुटीमण्डमबाट गतवर्ष मात्रै ललिलपुरको बालकुमारीमा सरेको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंक पुन सर्ने भएको छ ।

आगामी तीन महिना भित्र काठमाडौँको सोल्टीमोडस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय परिषरमा सर्ने भएको हो । त्यसका लागि प्रि फ्याब्रिकेटेड मोडलमा व्लड बैकको भौतिक संरचना निर्माण कार्यको थालनी भइसकेको रेडक्रसले जनाएको छ ।

रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले हालको बालकुमारीमा रहेको स्थान अपायक रहेको भन्ने व्यापक जनगुनासो आएपछि व्लड बैंक सार्ने योजना बनेको बताए । उनले तीन महिना भित्र सोल्टीमोडस्थित केन्द्रीय कार्यालय हाताबाट रगत संकलन तथा वितरण हुने जानकारी दिए । त्यसका लागि प्रिफ्याव मोडलमा संरचना निर्माण गर्न थालिसकेको उनले बताए ।

गतवर्ष बैशाखको भूकम्पले भृकुटीमण्डमको भवन क्षति पुरयाएपछि व्लड बैंकले केही समय नेपाल पुलिस क्लबको हाताबाट सेवा सञ्चालन गरेको थियो । त्यसपछि ललितपुरको बालकुमारीमा रहेको आकस्मिक रक्तसञ्चार सेवा केन्द्रमा सारिएको थियो । सो ठाँउमा रातीमा पुग्न अप्ठेरो हुने, दिउसोमा समेत अपायक हुने व्यापक जनगुनासो आएपछि व्लड बैँक सार्ने योजनामा रेडक्रस लागेको थियो ।

‘जनतालाई सुविधा दिनुपर्छ भन्ने हाम्रो उद्धेश्य हो, गुनासो बढेपछि हामीले सार्ने योजना बनायौँ, तर उपयुक्तस्थान भेटिएन । केही महिना अघि महाराजगञ्जस्थित नेपाल प्रहरीको अस्पताल परिषरमा सार्ने भनेपनि त्यो अघि बढेन । अन्यत्र पाइएन । त्यसैले केन्द्रीय कार्यालय परिषर हातामै व्लड बैक सेवा सुरु गर्ने योजना भयो,’ थापाले भने ।

उनले भृकुटीमण्डपको व्लड बैक भवन तयार भएपछि भने त्यहिबाट सेवा सुरु हुने जानकारी दिए । थाइ रेडक्रसको सहयोगमा भृकुटीमण्डममा २० करोडको लागतमा अत्याधुनिक व्लड बैक भवन बन्दैछ । सो भवन तीन बर्ष भित्रमा बनि सक्ने रेडक्रसका अधिकारीहरुले बताउदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *