तपाईँको भोजन निन्द्रा जगाउने कि भगाउने ? थाहा पाउनुहोस्

 

१.  निन्द्रा जगाउने  दूध : गाउँघरतिर सुत्नु अघि एक गिलास दूध पिउने चलन हुन्छ, किनभने दुधले निन्द्रा जगाउने काम गर्छ । दूधमा पाइने एमिनो एसिड ट्रिप्टो फ्यानले सेरोटोनिन भनिने मस्तिष्कको रसायनलाई क्रियाशिल गरी निद्रा लगाउन मद्दत गर्छ ।

milk-435295_960_720 (1)

२. निन्द्रा भगाउने  वाइन : अध्ययनहरुले वाइन पिउनु मुटुको लागि राम्रो देखाएका छन् तर निन्द्राको दृष्टिकोणले हेर्दा भने वाइनले निन्द्रा भगाउने काम गर्छ । त्यसैले मिठो निन्द्रा चाहनु हुन्छ भने सुत्नुअघि वाइन नपिउनु होला ।

wine

३. निन्द्रा जगाउने भात/चामल : भात अथवा चामललाई तौल बढाउने खानाको रुपमा लिइन्छ तर पोषण विशेषज्ञहरुले भने ठिक्क मात्रामा खानु फाइदाजनक हुने बताउछन् । भात हल्का हुने भएकोले आफ्नो शरीरलाई चाहिने हिसाबले खाएमा त्यसले लाभ पुरयाउने बताउछन् । यतिमात्रै नभई मिठो निन्द्रा लगाउन पनि मद्दत गर्छ ।

rice

४. निन्द्रा भगाउने  डार्क चकलेट / कफि : डार्क चकलेट खानु तथा कफि पिउनु स्वस्थ्यको लागि फाइदाजनक नै हुन्छ । तर याद गर्नुस् सुत्नु अगाडि चकलेट खाने र कफि पिउने गर्नुभयो भने यसमा प्रसस्त मात्रामा पाइने क्याफेन नामक रसायनले तपाईँलाई निन्द्रा लाग्न दिनेछैन ।

coffee

५ . निन्द्रा जगाउने केरा : केरा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तनावको बेलामा केरा खानुस् यसमा पाइने पोटासियमले तनाव कम गर्न मद्दत गर्छ । यसमा पाइने म्याग्नेसियमले मांसपेसीलाई आराम दिन्छ । त्यतिमात्रै नभई केरामा पाइने कार्वोहाइड्रेटले तपाईँलाई मिठो निन्द्राको दुनियामा लैजान मद्दत गर्छ ।

banana-5

६. निन्द्रा भगाउने  चिकेन/पनिर  : करी चिकेन/पनिर करीमा प्रसस्त मात्रामा क्यालोरी हुने हुँदा यसले तपाईँलाई निन्द्रा लाग्न दिदैन र गहिरो निन्द्राबाट टाढा राख्छ । त्यसैले सुत्नु अगाडि चिकेन÷पनिर करी खान कम गर्नुस् ।

chiken

७. निन्द्रा जगाउने भेजिटेबल सुप (सब्जीको झोल) : सब्जीको झोल तथा त्यसमा भएको नरम सब्जीका टुक्राहरु पचाउन सजिलो हुने हुँदा तपाईँको पाचन प्रक्रियालाई ओभर टाइम काम गर्न पर्दैन । यसले तपाईँलाई मिठो र गहिरो निन्द्रा लाग्न मद्दत गर्छ ।

vej sup

 

८. निन्द्रा भगाउने  ग्रिन टी : तपाईँ अचम्मित हुनुभयो होला तपाईँले सधैभरी स्वस्थ मानेको ग्रिन टीलाई निन्द्रा भगाउने पदार्थ भित्र राख्दा तर बास्तविकता त्यहि हो । पोषण विशेषज्ञका अनुसार ग्रिन टी दिउसोमा पिउन एकदमै लाभदायक हुन्छ । तर त्यही ग्रिन टी रातिमा पिउनुभयो भने त्यसमा हुने क्याफेइनेल तपाईँको निन्द्रा भगाउने काम गर्छ ।

green-tea

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *