चिकित्सक संघको निर्वाचनमा कहाँ चुक्यौँ हामी ?

डा. प्रेनितकुमार पोखरेल
डा. प्रेनितकुमार पोखरेल

केही महिना अघि हामीले राष्ट्रिय चिकित्सक संघ गठन गर्दा हाम्रो रोडम्याप हाम्रो संगठनलाई देशभरी फैलाएर आउदै गरेको नेपाल चिकित्सक संघको निर्वाचनमा ऐतिहासिक विजय हासिल गर्ने थियो ।

तर यतिवेला हामीले चिकित्सक संघको निर्वाचन गुजारी सकेका छौँ र परिणाम थाह पाइसकेका छौँ । परिणाम जे जसरी आएपनि हामीले त्यसलाई स्वीकारी सकेका छौँ । निर्वाचनको परिणामले हामीलाई पराजय मात्रै बनाएन, एउटा भर्खरै स्थापित संगठनको रोडम्यामलाई समेत धक्का दियो । त्यसैले यसबारेमा गम्भीर ढंगले सोच्नु पर्ने बेला आएको छ कि हामी कहाँ चुक्यौँ ?

निर्वाचन हुनुभन्दा केही महिना अघि स्थापित संगठन भएपनि छोटो समयमा यसले देशव्यापी सञ्जाल फैलाउन सफल भएको थियो । हाम्रो पहिलो योजना नजिकिदै गरेको चिकित्सक संघको निर्वाचनमा बाजी मार्नुनै थियो । त्यस अनुरुप हामीले आफ्ना कार्ययोजना र गतिविधि समेत अघि बढाएका थियौँ ।

निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न हामीले हरसम्भव प्रयास गरेका थियौँ । पेशागत हकहितका मुद्धा, पेशाकर्मीहरुको उच्च मनोवलको सुनिश्चितता, पेशाकर्मी र चिकित्सकहरुको अनिवार्य बीमाको व्यवस्था, शीप र दक्षता बढाउने कार्यक्रम लागयतका मुद्धाहरु हाम्रा मुख्य एजेन्डा थिए । ती एजेन्डाहरु नै हाम्रो जीतको खम्बा रहेको हाम्रो विश्लेषण थियो ।

त्यस्तै उम्मेदवार छनौटका लागि भूगोल र कार्यक्षमतालाई दाँजेर हामीले मुल्यांकन गरेका थियौँ । सुदूरपश्चिमको धनगडी देखि पश्चिममा पोखरा कार्यक्षेत्र बनाएका चिकित्सकहरु हाम्रा उम्मेदवार थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई जना र जनकपुरबाट तीन जना चिकित्सक हाम्रो समूहमा गोलबद्ध हुँदा समूह सहि अर्थमा पेशागत समावेशी समूह बनेको थियो । आफ्ना एजेन्डा र बिचारहरु लिएर निर्वाचन अघि हामी झापा देखि नेपालगञ्जसम्म पुग्यौँ ।त्यसक्रममा पाएका माया र सकारात्मक संकेतले हाम्रो हौसला बढेको थियो ।

कहाँ चुक्यौँ हामी ? किन पराजित भयौँ ?

विसं २००७ साल देखि नेपाल चिकित्सक संघमा एक छत्र राज गरेको नेपाली काँग्रेस निकट प्रजातान्त्रिक चिकित्सक संघको जरा मेची देखि महाकालीसम्म फैलिएको जान्दा जान्दै पनि त्यस जराको धरातल मक्किएको ठान्नु हाम्रो कमजोरी थियो ।

बिराटनगर, सुर्खेत, लुम्बिनी लगायतका शाखाहरुमा काँग्रेस निकट चिकित्सकहरु खुल्ला रुपमा नै आफ्नो संगठन बिस्तारमा लागिरहँदा हामीले हाम्रो संगठन बनाउन सकेनौँ ।

काठमाडौँपछि दोस्रो मतदाता भएको ठाँउ बिराटनगरमा निर्वाचनको दिन हाम्रो पर्चा लिएर उभिन सक्नेगरी हामीले स्थानीय चिकित्सक हामीले तयार गर्नै सकेनौँ । सुर्खेत लहान जस्ता निर्वाचन केन्द्रमा हामीले हाम्रो प्रतिनिधि राख्न सकेनौँ जसको कारण सुर्खेत केन्द्रबाट एक पक्षीय रुपमा प्रजातान्त्रिक प्यानललाई मत गएको पुष्ठी भयो मतगणनाको क्रममै ।

बैशाखकै हुनुपर्ने चिकित्सक संघको निर्वाचन, नेपाली काँग्रेसको महाधिवेशन तय भएकोले सारियो तर कारण धरानमा हुन गइरहेको तयारीलई देखाइयो । त्यस निर्वाचन सार्न हाम्रा केहीी अग्रजहरु उक्त सहमतीको पक्षमा उभिनु दुर्भाग्य सावित भयो । बैशाखमा निर्वाचन हुन सकेको भए नेपाली काँग्रेसका बरिष्ठ चिकित्सहरु व्यस्त हुनुपर्ने हुँदा नेपाली चिकित्सकहर व्यस्त हुनु पर्ने हुँदा नेपाली चिकित्सक संघको निर्वाचनमा कम षड्यन्त्र र कम प्रभाव हुन्थ्यो भन्ने हाम्रो त्यसबेलाको निक्र्योल सहि सावित हुन गयो ।

मत दिन योग्य हुनका लागि बैशाख ३१सम्म चिकित्सक संघको सदस्य भइसक्नुपर्ने प्रावधान निर्वाचन कमिटिले बनाएको थियो । सोही अन्तिम दिन लगभग३ सय नयाँ सदस्य थपिए । म आफै चिकित्सक संघको कार्यालयमा सो दिन उपस्थित थिएँ । सम्भावित उम्मेदवारहरु फोनबाट नाम लिँदै सदस्यताको रसीद कटाईरहेका थिए । न कुनै प्रमाणपत्र न कुनै रकम । बजारमा चिट्टा बाँडे झैँ सदस्यता थपिएको थियो । निर्वाचन कमिटि अन्थ्यो थियो तर हामीले त्यसको यथेष्ट विरोध गर्न सकेनौँ ।

चिकित्सक जस्तो सम्मानित पेशाकर्मीहरु निर्वाचन जित्न जुनसुकै हदमा पनि गिर्न सक्छन भन्ने कुरा हाम्रो सोच बाहिरको थियो । तर आज आएर त्यहि अन्तिम दिन थपिएका सदस्य संख्या नै धेरै पदमा हारजितका अन्तर भए । हामीले यो कडी रोक्न पहल गरेनौँ, यसमा हामी नराम्ररी चुक्यौँ ।

निर्वाचन कमिटीको धर्म स्वतन्त्र भएर निपक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु हो । निर्वाचन आयुक्तको पद सम्माननीय मानिन्छ । चुनौतीपूर्ण जस अपजस पाउने पद हो यो । कुनै पनि कमिटीमा बस्नु अघि व्यक्तिले सोच्नै पर्छ । आफूले त्यो पदमा बसेर त्यसमा खेल्नुपर्ने भूमिकालाई कत्तिको न्याय गर्न सक्छु भनेर ।

व्यक्ति कोहि पनि कुनै विचारको नजिक हुन पाँउछ, त्यो नैसर्गीक अधिकार हो । तर जिम्मेवारीमा पूगेपछि व्यक्तिले आफ्नो बैचारीक निकटता त्याग्नै पर्छ । यसपालीको निर्वाचन कमिटिले यो भूमिका पटक्कै निभाउन सकेन ।

नेपाल चिकित्सक संघका निवर्तमान पदाधिकारीहरुले एकलौटी ढंगमा चिकित्सक संघको सम्पूर्ण स्रोत साधन दोहन गरिरहे । सम्पूर्ण चिकित्सकहरुको अध्यक्ष भएर विदा लिनुपर्ने बेलामा वहाँले एउटा पक्षको जसरी प्रचार गर्नुभयो त्यसले वहाँलाई फगत एउटा गुटको मात्र नेतामा परिणत गरिदियो ।हाम्रो नजरमा वहाँ प्रति रहेको सम्मान खस्कियो ।

नेपाल चिकित्सक संघको कार्यालयमा बसेर सम्पूर्ण सदस्यहरुको फोन नम्बर कम्प्युटरबाट निकाली त्यहिबाट उम्मेदवारर्ला फोन गरेर भोट माग्ने काम भयो । हामीले पनि त्यो सुविधा माग्यो तर हामीलाई पैसा तिरेर पनि फोन नम्बर नभएको सदस्यहरुको लिष्ट दिइयो ।

नेपाल चिकित्सक संघको गाडी प्रयोग गरेर प्रजातान्त्रिक समूहको लागि मत माग्न धेरै बरिष्ठ चिकित्सकहरु सक्रिय रहनुभयो । मत पेटिका लिएर बिराटनगरबाट फर्केका निर्वाचन अधिकृत काठमाडौँ एयरपोर्टमा नेपाल चिकित्सक संघको गाडीमा प्रजातान्त्रिक पक्षका अध्यक्षका प्रत्यासी संगै बसेर निस्किएको प्रत्यक्ष देखियो । कहाँ गयो निस्पक्षता कहाँ हरायो आचार संहिता ? स्रोत र साधनको दुरुपयोग बारे निर्वाचन आयुक्त समक्ष कुरा उठाउँदा नेपालको प्रधानमन्त्री पनि निर्वाचन लड्दा पद राजिनामा नदिई लड्ने गरेको उदाहरण दिँदा वहाँले विर्सनुभयो पद रहेपनि आचारसंहिता प्रमलार्य पनि लागू हुन्छ ।

विना बुथऐजेन्ट दुई दिन काठमाडौँमा निर्वाचन गरियो । फर्जिमत खसेको एकाध प्रमाण सहित भेटियो अनि बिना कुनै आधिकारिक परिचय पत्र मतदान गरेको कुरा चिकित्सकहरुले सामाजिक सञ्जालमा राख्नु भयो र यति सबका बाबजुत पनि चिकित्सकहरुले निर्वाचन सम्मानजनक र पेशागत मर्यादमा आँच नआई हुनुपर्छ भन्ने हाम्रो मान्यताका कारण सम्पन्न भयो, भलै परिणाममा यी सब कुराले धेरै फरक पर्न गयो ।

काठमाडौँमा निर्वाचन पाँच पाँच दिन राखिनु निर्वाचन सहजताका लागि भन्दा पनि षडयन्त्रका तानावाना बुन्न सजिलो होस् भन्ने हेतुका लागि रहेको हामीले पायौं ।

मेडिकल डेन्टल कलेजका मालीकहरुको सकृयता र हामीलाई हराउन टेलिफोन र भेटघाटमा जारि गरिएका उर्दीहरु हामीले सांचेर राखेका छौं । हिजोका दिनमा प्रा. केसी अनशन बस्दा अनशनको समर्थनमा राष्ट्रिय चिकित्सक संघले निकालेको विज्ञप्ती बाडेर पनि मेडिकल कलेज मालिकहरुले हामी विरुद्घ लविङ्ग गर्नुभएछ । यसले हामीलाई आगामी दिनमा सत्य र न्यायको पक्षमा उभिन झन उर्जा दिनेछ ।

अबको हाम्रो बाटो

इतिहासमा प्रथम पटक हामीले नेपाल चिकित्सक संघको पदाधिकारी कोषाध्यक्षमा विजय हात लगाएका छौं । वहाँ व्यक्ति एक्लो भए पनि प्रतिनिधित्व सम्पूर्ण हामीलाई मत दिने चिकित्सकहरुको हुनुहुनेछ । राष्ट्रिय चिकित्सक संघ वंहाको साथ संधै रहनेछ । वहां मार्फत हाम्रा एजेण्डा हामी नेपाल चिकित्सक संघमा लाने छौं र कांग्रेसी नेतृत्वलाई खबरदारी गरिरहने छौं ।

हामीले निर्बाचन हार्यौं तर हामीले पाएको मत हेर्दा हामीले निराश हुनुपर्ने स्थिति छैन । हाम्रा संगठन कृयाशील रहेका जिल्लामा हामीले राम्रो मत पाएका छौं ।

अबको हाम्रो बाटो भनेको परिवर्तन चाहने इमान्दार चिकित्सकहरुलाई गोलबन्द गरेर आफ्नो संगठन विस्तार गरि चिकित्सकहरुका हक हितलाई सर्वोपरि ठानि तमाम नेपाली जनतामाझ नेपाली चिकित्सक नेपाली जनताका छोरा छोरी हुन्भन्ने मुलमर्मलाई आत्मसात गर्दै समस्त चिकित्सम क्षेत्रकै विकाशका निम्ति अघि बढ्नु हुनेछ ।

# डा. पोखरेल राष्ट्रिय चिकित्सक संघका सदस्य हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चिकित्सक संघको निर्वाचनमा कहाँ चुक्यौँ हामी ?

  1. Prenit bro ko akhtiyaar wala mudda k bho?
    Invigilation ma jana payinthyo hola hai NMA ma chirey si.
    Bad luck myan!
    There is always a next time.. till then MR/Commission zindabad..zindabad!

Leave a Reply

Your email address will not be published. Required fields are marked *