अध्ययन् भन्छ, ‘स्वास्थ्यमा भन्दा रक्सी-चुरोटमा बढी खर्च गर्छन् नेपाली’

drinkingकाठमाडौं, २३ कात्तिक – नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी हुने गरेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार सहरी क्षेत्रमा बस्ने एकजना मानिसले आफ्नो स्वास्थ्यका लागि एक वर्षमा चार हजार चार सय ३० रुपैयाँ खर्च गर्छन् भने मद्यपान र धुम्रपानमा पाँच हजार २३१ रुपैयाँ खर्च गर्छन् । विभागले निकालेको सन् ०१४/१५ को वार्षिक घरपरिवार सर्वेक्षणले सहरमा बस्ने मात्र नभएर ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिले स्वास्थ्यका लागि भन्दा पनि मद्यपान र धुम्रपानमै बढी खर्च गरिरहेको देखाएको छ ।

ग्रामीण क्षेत्रमा एक व्यक्तिले स्वास्थ्यका लागि दुई हजार पाँच सय ९२ रुपैयाँ र मद्यपान र धुम्रपानका लागि दुई हजार आठ सय ३४ रुपैयाँ खर्च गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ । मद्यपानमा मात्रै सहरी क्षेत्रमा बस्ने व्यक्तिले वर्षमा तीन हजार सात सय ४४ रुपैयाँ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार चार सय ९३ रुपैयाँ खर्च गर्ने गरेका छन् ।

धुम्रपानमा सहरी क्षेत्रमा बस्नेले एक हजार चार सय ८७ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार तीन सय ४१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको केन्द्रीय तथ्यांक विभाग घरपरिवार सर्वेक्षण शाखाका निर्देशक डिल्लीराज जोशी बताउँछन् ।

चुरोटमा खर्च बढ्यो, रक्सीमा घट्यो

नेपालीले रक्सी र चुरोटमा गर्ने खर्चमा परिवर्तन आएको छ । सन् ०१३/१४ मा भन्दा ०१४/१५ मा चुरोट (धुम्रपान) का लागि गरेको खर्च बढेको पाइएको छ ।

धुम्रपानमा अघिल्लो वर्ष सहरी क्षेत्रमा बसोबास गर्नेले एक हजार दुई सय आठ रुपैयाँ र ग्रामीण क्षेत्रमा बस्नेले एक हजार एक सय ७९ रुपैयाँ खर्च गर्ने गरेकोमा पछिल्लो वर्ष बढेर सहरी क्षेत्रमा एक हजार चार सय ८७ र ग्रामीण क्षेत्रमा एक हजार तीन सय ४१ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । रक्सी (मद्यपान) मा अघिल्लो वर्ष सहरमा बस्नेले पाँच हजार एक सय ८४ रुपैयाँ खर्च गर्ने गरेकोमा पछिल्लो वर्ष तीन हजार सात सय ४४ रुपैयाँ मात्र खर्च गरेका छन् ।

त्यस्तै, ग्रामीण क्षेत्रमा बस्ने व्यक्तिले पनि रक्सीमा खर्च कम गरेको पाइएको छ । अघिल्लो वर्ष एक हजार सात सय ७९ खर्च गरेकोमा पछिल्लो वर्ष एक हजार चार सय ९३ रुपैयाँ मात्र खर्च गरेका छन् ।

के के मा बढी खर्च ?

k-ma-kati-kharchha

  • आजको नयाँ पत्रिका दैनिकमा  समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *