स्वस्थ जीवनशैली अपनाउनका लागि आयुर्वेदिय १५ सुत्र

aaurbediye formula

स्वस्थ रहनका लागि स्वस्थ जीवन शैली अपनाउनुपर्छ । नसर्ने रोगको जोखिम बढ्दै गएको परिप्रेक्षमा स्वस्थ जीवनशैलीको महत्व अझ बढी छ । तर के हो स्वस्थ जीवनशैली ? कसरी अपनाउन सकिन्छ भन्ने बारेमा अझ पनि थुप्रै व्यक्तिहरु अनविज्ञ छन् । त्यसैले आज तपाईँलाई आयुर्वेदिय तरिकारले स्वस्थ जीवनशैली अपनाउने केही सुत्रहरु बताउँदैछु ।

  •  बिहान सूर्योदय भन्दा (जसलाई ब्रह्ममुहूर्त भनिन्छ) अगाडी उठ्नुहोस । उठिसके पछि ठूलो गिलासको एक गिलास मनतातो पानी पिउनुहोस । मनतातो पानी पिएपछि आफ्नो (नित्यकर्म) शौच, आचमन, दाँतहरू माझ्ने, र स्नान गर्ने गर्नुहोस ।
  • १५ मिनट जति योग तथा प्राणायाम गर्नुहोस । नत्र ३० मिनटको समय हिँड्डुल गर्ने वा हल्का ब्यायाम गर्ने गर्नुहोस् । ब्यायाम गर्दा आफ्नो शक्ति र ऋतु तथा समयलाई ध्यानमा राखेर व्यायाम गर्नुहोस ।
  • सकिन्छ भने कहिलेकाँही शुद्ध तेलबाट आफ्नो शरिरको मालिश गर्नुहोस ।
  • विहानको समय सात्विक वा सन्तुलित आहार सेवन गर्नहोस् । आयुर्वेदमा मुँगको दाल, जौको पीठो, अमला, दूध, मह आदि महत्वपूर्ण मानिन्छ ।
  • खाना खाँदा सामान्यतया आमासय (पेट) को तीनमा दुई भाग अर्थात दुई तिहाई मात्र अट्ने गरि खाना खानुहोस् । आवश्यकभन्दा बढी रुचि भए पनि भोजन नगर्नुहोस् । चिल्लो पिरो र मसलायुक्त नखानुस् । प्रत्येक दिन २०० ग्राम भन्दा बढी सागसव्जी वा फलफुल खानासँग खानुहोस् ।
  • एक पटक खाना खाइसकेपछि कम्तीमा ४ घण्टा पछि मात्र अर्को पटकको खाना खानुपर्छ । किनकी खाना पच्न चार घण्टा लाग्छ ।
  • खाना अति छिटो–छिटो वा अति ढिलो गरी खानुहुन्न । एकाग्र भएर स्वाद लिई खाने बानी गर्नुहोस । खाना खानसाथ तुरुन्त पानी नपिउनुहोस् ।
  • यौनलाई आनन्दमय, सुखमय बनाउन आवश्यकतानुसार र रुचि र चाहाना अनुसार सम्भोगमा (समान उपभोग) सहभागि हुनुहोस ।
  • गुणस्तरीय निन्द्राको उपयोग गर्ने । तसर्थ चाँडो सुत्ने चाँडो उठने बानि गर्नुहोस् । गुणस्तरीय निन्द्राको लागि सात्विक खाना र असल आचरण अपनाउनुहोस् ।
  • नियमितरुपमा आहार, बिहार तथा जडिबुटीहरुको सेवन गर्नुहोस ।
  • कहिलेकाहि मनोरञ्जन कार्यमा भाग लिनुहोस् । त्यसका लागि साथीभाइ र इष्टमित्र वा आफ्नो  तथा सबैको हित हुने कार्यमा भाग लिनुहोस् । र अन्य सामाजिक, साहित्यक तथा धार्मिक कार्यमा भाग लिनुहोस् ।
  • मानसिक स्वास्थ्यका लागि सुख–दुःखको अवस्थामा नमात्तिने, नआत्तिने हुनु, अरूको हितको लागि कार्य गर्नु , नयाँ–नयाँ कुरा जान्न कोशिस गर्नु, विचार पु¥याएर काम गर्नु, अरूको गल्तीमा माफी दिने क्षमता राख्नुहोस् ।
  • तनाव नलिनोस् । तनावको बेला २० देखि ३० मिनट शाररीक श्रम गर्नुहोस् । या मनोरन्जन कार्यमा भाग लिनुहोस् ।
  • तामसी बस्तुहरु रक्सी, चुरोट लगायत सेवन नगर्नुहोस् ।

– डा. गिरी सिंहदरबार बैद्यखानाका प्रबन्ध निर्देशक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *