देशभर ४५८ विशेषज्ञ चिकित्सक पद खाली !

doctor clipकाठमाडौँ, ११ कात्तिक – दुर्गममा चिकित्सकहरूको अभाव भइरहेको अवस्थामा सुगमका अस्पतालहरूमा पनि ठूलो संख्यामा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नभएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका जिल्ला, अञ्चल, उपक्षेत्रीय, क्षेत्रीय र केन्द्रीय अस्पतालमा गरी देशभर चार सय ५८ विशेषज्ञ चिकित्सक खाली रहेका छन् ।तिनमा मन्त्रालयमा दरबन्दी रहेको १२औँ तह (सचिवस्तर)को प्रमुख विशेषज्ञदेखि लिएर नौ तहका विशेषज्ञ चिकित्सकसमेत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खाली रहेकामा १२औँ तहका दुईजना, ११औँ तहका १ सय २० जना तथा नवौँ र १०औँ तहका ३ सय ३८ जना छन् ।

९ र १० तहमा ३ सय ३८ खाली :
सरकारले विभिन्न अस्पतालमा छुट्याएको दरबन्दीअनुसार ९ र १०औँ तहका तीन सय ३८ विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको छ । खाली रहेकामध्ये बिरामीलाई शल्यक्रिया गर्दा अनिवार्य चाहिने एनेस्थेसियोलोजिस्टहरूको धेरै दरबन्दी खाली रहेको छ ।

देशभरमा ४५ ओटा दरबन्दी रहेकामा सो समूहको ३० दरबन्दी खाली रहेको छ । त्यसैगरी, ५३ दरबन्दी रहेको जनरल प्राक्टिसमा २८ दरबन्दी खाली छ ।

५३ नै दरबन्दी रहेको जनरल सर्जनमा २४, २७ दरबन्दी रहेको छालारोग विशेषज्ञको दरबन्दीमा ११, ४१ दरबन्दी रहेको रेडियोलोजीमा २७, ५८ दरबन्दी रहेको महिला तथा प्रसूति रोग विशेषज्ञमा २७ खाली, ५७ दरबन्दीमध्ये पेड्याट्रिसियनमा ३१ खाली, पाँचजना युरो सर्जनमा पाँचवटा नै खाली, १० ओटा कार्डियो दरबन्दीमा चारवटा खाली र सातवटा नेफ्रोलोजिस्टको दरबन्दीमा चारवटा खाली रहेका छन् ।

विशेषज्ञ करारबाट थप्ने तयारी :

खाली भएका विशेषज्ञ पदलाई पूर्ति गर्न लोकसेवालाई पठाउने तयारी गरेको छ । लोकसेवाबाट प्रक्रिया पु¥याएर स्थायी नियुक्ति गर्दा समय लाग्ने हुँदा सो अवधिका लागि लोकसेवासँग समन्वय गरी स्वास्थ्य सेवा ऐनअनुसार करारमा नियुक्ति गर्ने तयारी रहेको उपसचिव खनालले बताए ।

‘स्वास्थ्य सेवा ऐनमा केही समयका लागि आवश्यक पर्दा करारमा विशेषज्ञ नियुक्ति गर्न पाउने व्यवस्था छ । त्यहीअनुसार तत्काललाई नियुक्ति गर्ने प्रक्रिया थालेका छौँ,’ उनले  भने, ‘तर ऐनमा केही अप्ठ्याारा रहेका कारण त्यसलाई सहज बनाइदिन लोकसेवालाई अनुरोध गरेका छौँ, लोकसेवा पनि सकारात्मक छ भन्ने जानकारी पाएका छौँ ।’ ऐनले नवौँ तहका लागि एमबिबिएस गरेर कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ भने ११औँ तहको उम्मेदवारीका लागि सात वर्ष तोकिएको छ ।

khali

२ सय ५० मेडिकल अधिकृत आउँदै

मंसिरभित्र थप २ सय ५० मेडिकल अधिकृतको नियुक्ति हुँदै छ । लोकसेवा आयोगले मेडिकल अधिकृतका लागि लिखित परीक्षा लिइसकेको छ । ती मेडिकल अधिकृत आउनसाथ चिकित्सकको धेरै स्थानमा पूर्ति हुने स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनाल बताउँछन् ।

लोकसेवाबाट आउनेबाहेक मन्त्रालयले नै थप एक सयभन्दा बढी मेडिकल अधिकृतका लागि विज्ञापन खोल्नका लागि पनि पठाउने तयारी गरेको उनले बताए । ‘लोकसेवाबाट दुई सय ५० नयाँ चिकित्सक आउने तयारी छ । उनीहरूको लिखित परीक्षा सकिसकेको छ,’ उनले भने, ‘अब थप एक सयभन्दा बढीको नयाँ विज्ञापनका लागि लोकसेवा पठाउने तयारी गरेका छौँ ।’

११ तहका कुन रोगका विशेषज्ञ कति खाली ?

२० जनाको दरबन्दी रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्टकोमा ११ जना रिक्त छन् । त्यसैगरी, १३ जना एनेस्थेसिया दरबन्दीमा नौजना खाली, तीनजना काडियालोजिस्टमा दुई खाली, पाँचजना नेफ्रोलोजिस्टमा चारजना खाली, एउटा न्युरोलोजिस्टको दरबन्दी रहेकोमा त्यो पनि खाली रहेको छ ।

वीर अस्पतालमा रहेको सो दरबन्दी वरिष्ठ न्युरो सर्जन डा। उपेन्द्र देवकोटाले छोडेपछि अहिलेसम्म खाली नै रहेको छ । त्यसैगरी, २० जना गाइनोलोजिस्टको दरबन्दी रहेकोमा १२ जना खाली रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १९ जना जनरल प्राक्टिसका चिकित्सकको दरबन्दी रहेकोमा आठओटा खाली, १५ जना जनरल सर्जनको ठाउँमा आठजना खाली, २० जना प्याडाट्रिक चिकित्सकको दरबन्दी रहेकोमा आठजना खाली रहेको छ । -आजको नयाँ पत्रिकामा भिषा काफ्लेको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *