धामीको बदमासी : झारफुक गर्ने निहुँ पारि यौन दुर्ब्यबहार

झापा, १० कात्तिक – झारफुक गर्न आएकी  बाह्र वर्षीय एक किशोरीलाई यौन दुर्ब्यबहार  गरेको आरोपमा झापाको बिर्तामोडबाट सोमबार  एक भारतीय नागरिक पक्राउ परेका छन् ।sexual-haresment

पक्राउ पर्नेमा भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार किशोरीलाई झारफुक गर्ने बहानामा उनले यौन दुर्ब्यबहार गरेका थिए ।

झारफुक गर्न आएका उनले किशोरीकी आमालाई फूल लिन पठाएको र भाइलाई पानी लिन पठाएर बालिकामाथि यौन दुर्ब्यबहार गरेको सूचना आएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । रफिगुललाई इप्रका बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *