परिबार नियोजनका ६ तरिका ! तपाईँलाई मन पर्ने कुन तरिका ?

family-planing

तपाईँ बच्चा जन्माउने योजनामा हुनुहुन्छ कि हुनुहुन्न ? यदि हुनुहुन्न भने तपाईँले विभिन्न खालका परिबार नियोजनका उपाय अवलम्वन गर्न सक्नु हुन्छ । आज हामी तपाईँलाई ती तरिकाहरु भन्ने छौँ तपाईँले इच्छा अनुसार छनौट गर्न सक्नुहुनेछ ।

अस्थायी देखि स्थायी सम्मका ती तरिकाहरु परिस्थित अनुसार छनौट गर्न सकिन्छ । तर यसमा यौनसाथीबीचको समन्वय जरुरी रहन्छ । हेरौँ ती छ तरिकाहरु के के रहेछन् ?

१. यौनसम्पर्कमा सहभागी नहुने : 

intercoureपरिबार नियोजनको सबैभन्दा भरपर्दो उपाय मानिन्छ । तपाईँ आफ्नो विपरित लिंगीसंग सहवास ( यौन सम्पर्क ) नगर्नुहोस् । यद्धपी त्यसको विकल्पको रुपमा तपाईँ पार्टनरसंग अन्य मैथुनिक क्रियाकलापमा सहभागी हुनुहोस् । पार्टनरका सम्वेदनशील अंगमा स्पर्श गर्नुहोस, चुम्वन गर्नुहोस् । अनि तपाईँ हस्तमैथुन पनि गर्नुहोस् । यसले तपाईँलाई क्षणिक यौन सन्तुष्टी प्रदान गर्नेछ । यसका फाइदा परिबार नियोजनको सबैभन्दा भरपर्दो उपाय हो । यसले परिबार नियोजनको सतप्रतिशत काम गर्छ । कहिल्यै इन्फेक्सन हुँदैन, कहिल्यै डाक्टरकोमा धाउनु पर्दैन् । कुनै साइड इफेक्ट पनि हुँदैन र यो निशुल्क छ । बेफाइदा यसले आफ्नो पार्टनरसंग टाढिएको महसुस हुनसक्छ । लामो समय सहबास नहुँदा यसले पार्टनरलाई गलत शंका पैदा गर्न सक्छ ।

२. खाने चक्की पिल्स :

 pillsखाने चक्की पिल्स परिबार नियोजनको अर्को अस्थायी साधन हो । यसको सेवनले शरीरमा हार्मोनको मात्रामा बदलाव ल्याई गर्भरहन दिदैन् ।

प्रयोग गर्न सजिलो भएपनि यसका साइड इफेक्ट हुनसक्ने जानकारहरु बताउछन् । कहिलेकाही तौल बढने, छाती दुख्ने लगायतका साइड इफेक्ट पार्छ ।

यद्धपी यसलाई परिबार नियोजनको साधनको रुपमा ९९.९ प्रतिशत प्रभावकारी हुने चिकित्सक बताउँछन् ।

३. स्थायी बन्ध्याकरण गर्नुहोस्  :

यो परिवार नियोजनको स्थायी प्रक्रिया हो । शुक्रकिट बाहिनी नलिलाई नै अबरुद्ध पुरुषहरुलाई भ्याक्सेक्टोमी गरिन्छ ।

यो लगभग सत प्रतिशत नै सफल मानिन्छ तर एक हजारमा ३ जना जतिमा यो असफल हुने गरेको पाइएको छ ।

४ कण्डमको प्रयोग गर्नुहोस् :  परिबार नियोजनको अस्थायी तर भरपर्दो साधनको रुपमा लिइन्छ कण्डमलाई । संसारभर यसको प्रयोग दोहोरो सुरक्षाको लागी भन्दै गर्ने गरिएको छ ।condom1

पहिलो काम एड्स तथा एचआइभी रोक्ने कामका लागि दोस्रो परिबार नियोजनका लागि अर्थात गर्भ रहन नदिनका लागि । कण्डम पुरुष र महिला दुबैका लागि बनाइएको भएपनि पुरुष कण्डम बढी प्रयोगमा आउने गरेको पाइन्छ ।

विज्ञहरुले पातलो रबरबाट बनाइएको यो कण्डमलाई ८६ देखी ९७ प्रतिशत सम्म प्रभावकारी मान्ने गरेका छन् । यद्धपी कहिले काहि यसको लेटेक्सले लिंगमा एलर्जी समेत देखिने हुनाले कसैकसैले यसलाई यसको वेफाइदा भनेर पनि चित्रण गर्ने गरेका छन् ।

५. बीर्य बाहिर झार्ने विधि : परिबार नियोजनको अर्को विधि हो यौन सम्पर्क गर्ने तर बीर्य बाहिर झार्ने । यो परम्परागत विधि हो । कण्डम लगाउन झन्झट मान्नेहरुले यो विधि बढी अपनाएको पाइन्छ । withdraw-method

तर एक जनासंग सुरक्षीत सेक्स गर्दाका लागि मात्रै यो ठिक देखिन्छ । अन्यथा यसले राम्रो मानिदैन्। विज्ञहरुले यो विधिमा यौनसम्पर्कको चरम आनन्द लिइरहेको बेलामा लिंग योनीबाट झिक्न मन नलाग्ने , कहिले झिक्दा झिक्दै बीर्य भित्र खस्ने, कहिले बाहिर निकाल्दा कपडा भरी लाग्ने वा फोहर हुने लगायतका वेफाइदा रहेको बताइन्छ ।

यद्धपी सतर्कका साथ यो विधि अपनाएमा ८१ देखी ९६ प्रतिशतसम्म सफल रहन्छ ।

६. दिनगन्ती विधि :  महिलाको महिनावारी भएको दिन देखि गरिने गणना विधि हो । खासगरी महिनावारी भएको १० दिन भन्दा अघि र २० दिन भन्दा पछि यौनसम्पर्क परिवारनियोजनको दृष्टिले सुरक्षीत मानिन्छ ।fertiliy-phase

यद्धपी यो पूर्ण भरपर्दो भने होइन । खासगरी ११ देखी १५ दिनसम्मको पिरियड निकै सेन्सेटिभ भएकोले त्यो अवधीमा यौनसम्पर्क गर्दा कण्डमको प्रयोग गर्नु उचित हुने विज्ञहरुले बताउछन् । यसरी दिन गनेर समेत परिवार नियोजनको विधि अपनाइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *