अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

ambulance2

धादिङ, ९ कात्तिक –  हिमालयन हेल्थ केयर नेपालले खरिद गरेको टाटासुमो कम्पनीको फोट ह्विल एम्बुलेन्स धादिङ अस्पताललाई हस्तान्तरण गरेको छ ।

उक्त स्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा हेल्थ केयरका जिल्ला परामर्शदाता शम्भुसिंह ठकुरीले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा श्याम ढोडाईलाई एम्बुलेन्सको साँचो प्रदान गरे।

कार्यक्रममा परामर्शदाता ठकुरीले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि सो संस्थाबाट उपचारका लागि ल्याइएका शल्यक्रियाका उपकरणलगायतका रु २२ लाख ७० हजार मूल्यका सामग्री पनि अस्पताललाई नै हस्तान्तरण गरिएको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *