हात चम्किलो बनाउने ५ तरिका

hand

१. काँचो दूध :  हातको छालाको रंग सफा गर्न तथा चम्किलो बनाउन काँचो दूध निकै राम्रो हुन्छ । काँचो दूधले हातको छालामा मसाज गर्नुहोस्, केही दिनमै हात गोरो र सुन्दर देखिन थाल्छ ।

२. कागती :  कागतीमा सिट्रिक एसिड पाइन्छ, जसले छालामा रहेको कालोपत्रलाई सफा गरिदिन्छ । कागतीको टुक्रालाई हातमा रगड्नुहोस्, छालाको रंग उज्यालो बन्छ । कागतीको रसमा नुन र सक्खर मिलाएर ‘स्क्रब’ गर्नु अझ राम्रो हुन्छ ।

३.  गोलभेँडाको रस :  गोलभेँडाको रसमा थोरै कागतीको रस मिलाएर हातमा लगाउने । केहीबेर राम्रोसँग मसाज गर्ने । हप्तामा दुईपटक यो काम गर्नुहोस्, हातको छालाको रंगमा परिवर्तन आउँछ ।

४.  आलुको रस :  काँचो आलुको रस निकालेर हातमा लगाउने । लगभग २० मिनेटसम्म यसलाई हातमै रहन दिने र पछि पानीले धुने । एक हप्तामा दुई–तीनपटक यसो गर्दा हात उजेलिन थाल्छ ।

५.  बेसन :  चनाको पिठो अर्थात् बेसनले हातको छालामा निखार ल्याउन मद्दत गर्छ । बेसनमा काँचो दूध या बेसार मिलाएर पेस्ट तयार गर्ने र हातमा लगाएर १५ मिनेटसम्म छोडिदिने । १५ मिनेटपछि धोएर हेर्नुहोस्, तत्काल छालामा फरकपन पाउनुहुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *