के हो एम्बोलिजम ?

ambulism

एम्बोलिजम रगत जमेर वा रक्तनलीमा भएको बोसो जमेर फुट्ने र रक्तनलीलाई अबरुद्ध पार्ने प्रक्रिया हो । एम्बोलिजमले प्यारालाइसिस गराउनेदेखि मस्तिस्कमा रहेका रक्तनलीलाई अबरुद्ध गरेमा मानिसको मृत्युसमेत गराउन सक्छ ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी भन्छन्, ‘यसको असर रगत जमेको टुक्रा कुन नसामा कसरी अडकिएको छ वा यसले रक्तनलीलाई कति असर गरेको छ भन्ने आधारमा निर्भर हुन्छ ।यदि ठूलो नसामा छ भने रगतको प्रेसरले आफै सफा गरिदिन्छ ।  सानो नसामा ठूलो टुक्रा अड्किएको छ भने त्यसले त्यो नसाको क्षेत्रलाई प्यारालाइसिस बनाइदिन्छ ।’

उनले  विशेष गरेर मुटुको बाथ भएका मानिसहरूमा यो समस्याको उच्च जोखिम हुन्छ । रगत धेरै बाक्लो भए, मुटुले पम्प गर्न नसके यस्तो समस्या निम्तिने बताए ।

रक्तनलीमा फोहोर जमे, रक्तनलीमा हुने बोसो बाक्लो भई रक्तसञ्चार अवरुद्ध भए एम्बोलिज्म हुने खतरा बढी हुन्छ । यो मानिसमा थाहै नपाई लाग्ने एक प्रकारको जटिल रोग हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *