बनाउने हैन त गुलाबी ओठ ?

गुलाबी ओठ बनाउन कसलाई मन हुँदैन र ? तर, प्रकृतिले सबैलाई त्यस्तो ओठ दिएको हुँदैन । कृत्रिम नै भए पनि यस्तो ओठ बनाउन महिलाहरू विभिन्न खालका कस्मेटिक सामाग्री खरिद गरेर प्रयोग गर्ने गरेका छन् ।

घरभित्र नै पाइने चिज प्रयोग गर्दा पनि ओठलाई गुलाबी बनाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा छैन । आउनुहोस्, तपाईंको ओठलाई गुलाबी बनाउन यी कुराले मद्दत गर्न सक्छ :

Beauty, spa. Lips in details

  • बेलुका सुत्नुअगाडि कागतीको रस ओठमा लगाउनुहोस् । तर, यो प्रक्रिया कम्तीमा दुई महिना निरन्तर गर्नुपर्ने हुन्छ ।
  • विटरुट (रातो मुला)को रस बनाएर लगाउँदा पनि ओठमा गुलाबी रङ आउँछ । यसमा प्राकृतिक रूपमा नै रातो रङ हुने हुनाले यसले गुलाबीपना बढाउँछ र ओठमा भएको कालोपनलाई पनि हटाउँछ ।
  • सुन्तलाको ताजा बोक्रालाई ओठमा रगडे यसको रसले ओठलाई मुलायम बनाउनका साथै राम्रो बनाउँछ ।
  • नरिवलको पानी, काँक्राको रस र कागतीको रस मिसाएर ओठमा लगाउँदा ओठमा भएको कालोपन हराउँछ ।
  • बेसारको धुलोलाई केही समय ओठमा लगाएर धुने गर्दा ओठको कालोपन हट्छ ।
  • अनारलाई पिसेर मसिनो बनाई ओठमा केही दिन लगाउँदा यसले गुलाबी बनाउन मद्दत गर्छ र सुन्दरता पनि बढाउँछ ।
  • सुत्नुअघि गुलाबजल र ग्लिसिरिन मिलाएर ओठमा लगाउँदा यसले सौन्दर्यमा निखार ल्याउँछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *