बर्डफ्लुको त्रासका कारण भारतको केन्द्रीय चिडियाखाना बन्द

budflue

नयाँदिल्ली, ३ कात्तिक –  भारतको राजधानी नयाँदिल्लीमा रहेको केन्द्रीय चिडियाखाना अस्थायीरुपमा बन्द गरिएको छ ।

बर्डफ्लुका कारण चिडियाखानाका दुई चरा मरेपछि बर्डफ्लु नियन्त्रणका लागि बुधबारदेखि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको हो ।

मरेका चराको परीक्षण गर्दा बर्डफ्लुका जिवाणु भेटिएको चडियाखानाका अधिकारीहरुले जानकारी दिएका छन् । केही दिनभित्रमा मरेका नौ ओटा चराहरुमध्ये दुई ओटामा मात्रै बर्डफ्लुको जिवाणु भेटिएको उनीहरुको भनाइ छ ।

अधिकारीका अनुसार केहीदिनका लागि मात्रै बन्द गरिएकाले खतरा नहुने निश्चित भएपछि चाँडै नै चिडियाखाना पुर्ववत् अवस्थामा खुल्ला गरिनेछ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *