राजमा खानुका फाइदा

rajma

राजमा खाननमा स्वादिलो र स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटीन, आइरन जस्ता पौष्टिक तत्व पाइन्छ । यसको सेवनले शरीरमा शक्ति पैदा गर्न मद्दत गर्छ ।

राजमा क्यालोरीयुक्त खाद्यबस्तु भएकाले यसको सेवनले जुनसुकै उमेरका मानिसका लागि लाभदायी हुन्छ । यसको सूपको नियमति सेवन गर्नाले शरीरको तौल नियन्त्रण गर्न सह योग गर्छ ।

राजमाको सेवनले पाचन क्रियालाई मजबुत बनाइरख्नुका साथै ब्लड शुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

राजमामा प्रशस्त मात्रामा म्याग्नेशियम पाइन्छ । जसले कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्छ । मुटु स्वस्थ राख्नमा मद्दत गर्छ । साथै माइग्रेन जस्ता समस्याबाट पनि मुक्ति मिल्छ ।

यसमा भिटामिन के, बी, पाइन्छ जसले मस्तिष्क तथा दिमागलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बृद्धि गर्न मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *