स्वास्थ्य सेवालाई सुदृढीकरण गर्न स्वास्थ्य बिमा

डा. गुणराज लोहनी कार्यकारी निर्देशक सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति

बैतडी, ११ असोज –  स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले स्वास्थ्य सेवालाई सुदृढीकरण गर्नका लागि पनि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।

स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिनका लागि सोमबार बैतडी पुगेका कार्यकारी यो कार्यक्रमले सबै नागरिकलाई समान व्यवहार गरेको र पहुँच नपुगेकाको स्वास्थ्य सेवामा पहुँच पु¥याउने दाबी गरे। स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सरोकारवालाले स्वास्थ्य बिमा कार्यक्रम निकै राम्रो भएको र यसलाई कार्यान्वयनमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको हुनाले त्यो हकलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको उनले दाबी गरे । स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्नका लागि घरघरमा गएर दर्ता गर्ने कार्यक्रम रहेको छ उनले भने“स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि जिल्लामा स्वास्थ्य बिमा सञ्चालन समिति रहने र त्यसले कार्यान्वयन गर्नेछ ।”

कार्यकारी निर्देशक डा. लोहनीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारको सङ्ख्या भएकाले दुई हजार ५०० जमा गर्नुपर्ने र ती सदस्यको रु ५० हजार बराबरको उपचार खर्च सरकारले व्यहोर्ने बताए ।

यसलाई प्रभावकारी बनाउनमा सबै नागरिकको उत्तिकै सहयोग रहनुपर्नेमा पनि उनले जोड दिए। बैतडीमा स्वास्थ्य बिमाका लागि जानकारी दिने कार्यक्रम सुुरु भइसकेको र फागुन १ गतेदेखि सेवा सुरु हुने उनले बताए। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रत्येक गाविसमा दर्ता कर्मचारी राखिने र उनीहरुले घरमै गएर प्रत्येक परिवारको नाम दर्ता गर्नेछन् । स्वास्थ्य बिमा कार्यक्रममा दर्ता भएकाको नामावलीका आधारमा उनीहरुलाई सेवा प्रदान गरिने बताइएको छ ।

यसैबीच बैतडीमा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमअर्थात स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सरकारले चालु आवमा २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्ने नीति लिएसँगै सुदूरपश्चिमका अछाम र बैतडीमा चालु आवदेखि यो कार्यक्रम सञ्चालनमा आएको हो । सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने र गरिब नागरिकलाई उपचार सेवामा पहुँच पु¥याउने हिसाबले सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका कार्यकारी निर्देशक डा गुणराज लोहनी बताए । स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिनका लागि बैतडी पुगेका डा लोहनीले स्वास्थ्य बिमा कार्यक्रम सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका सञ्चालन गरिएको बताए । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरिसकेको हुनाले त्यो हकलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको उनले दाबी गरे । स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्नका लागि घरघरमा गएर दर्ता गर्ने कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै नागरिकले सहयोग गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए । गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बिमा कार्यक्रम सफल हुने उनले विश्वास समेत व्यक्त गरेका छन्। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *