स्वास्थ्यमा नवौँ र एघारौँ तहका मात्रै ५५८ वटा दरवन्दी रिक्त, पदपूर्तिका लागि लोकसेवा पठाउँदै

mohp-copy

काडमाडौँ, ११ असोज – स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयमा स्वास्थ्य सेवा समूहका नवौँ तह र एघारौँ तहका गरी ५५८ वटा दरवन्दी रिक्त छ । कुल रिक्त मध्ये नवौ तहको दरबन्दी संख्या ४३५ र एघारौँ तहको संख्या १२३ वटा रहेको छ ।

मन्त्रालयले रिक्त सबै रिक्त दरवन्दीमा विज्ञापन गर्न लोकसेवा आयोगलाई दरबन्दी विवरण पठाउने तयारी गरेको छ । मन्त्रालय अन्र्तर्गतको कर्मचारी प्रशासन महाशाखाका अनुसार एघारौँ तहमा ३२ वटा उपसमूह र नवौँ तहमा ४९ वटा उपसमूह छन् ।

महाशाखाका उपसचिव बाबुराम खनालका अनुसार एघारौँ तहमा सबैभन्दा रिक्तरहेको उपसमूहमा जहेस, गाइने अव्स लगायतका छन् । ती उपसमूहमा १० १० वटा दरबन्दी खाली छ । त्यस्तै एनेस्थेसियामा ९ सर्जरी र मेडिसिन उपसमूहमा ८, ८ वटा दरबन्दी खाली छ ।

त्यस्तै नवौ तहमा सबैभन्दा रिक्त उपसमूहमा मेडिकल जनरललिष्ट पद छ । सो उपसमूहमा ३१ वटा पद खाली छ । त्यसपछि मेडिकल सुपरीटेन्डेन २७ पद, एनेस्थेसियोलोजी २७, रेडियोलोजी २२ पद रिक्त छन् ।

त्यस्तै प्याथोलोजिष्ट १०, अर्थो सर्जन १०, इएनटी सर्जन १०, जनरल सर्जन १२, जनरल मेडिकल १४ पद खालि छ । नवौँ तहको जनरल नर्सिङमा ८ र कम्युनिटी नर्सिङमा पनि ८ पद रिक्त छ ।

उपसचिव खनालले रिक्त सबै पदमा स्थायी नियुक्तिका लागि विज्ञापन गर्न लोकसेवालाई विवरण पठाउन लागिएको बताए ।

जनशक्ति पाउनै मुस्किल
आयुर्वेद तर्फ एघारौँ तहमा कुल दरबन्दी ४ वटा हो । तर विगत दुईबर्ष देखी तीन पद रिक्त छ । आयुर्वेद विभाग, नरदेवी अस्पताल, आयुर्वेद अस्पताल दाङमा प्रमुख पद एघारौ तहको हुने भएपनि कोही बढुवा हुन नसकेपछि त्यो भन्दा तल्लो तहका व्यक्तिहरुले कार्यभार सम्हालेका छन् । एक मात्रै एघारौँ तहका डा बासुदेव उपाध्याय मन्त्रालयमा छन् ।

उता फार्मेसी तर्फ प्रमुख औषधि व्यवस्थापक पद मन्त्रालय, औषधि व्यवस्था विभाग र औषधि प्रयोगशालामा गरि तीन स्थानमा एघारौँ तहको पद चाहिन्छ । तर अहिले एक जना मात्रै छन् । भर्खरै बढुवा भएका नारायण ढकालले अहिले विभागको नेतृत्व सम्हालेका छन् । मन्त्रालय र प्रयोगशालामा सो तहको पद खाली नै छ ।

त्यस्तै ऐनेस्थेसियमा एघारौँ तहमा ९ पद रिक्त छ । नवौ तहमा २७ वटा रिक्त छ तर ती पदहरुमा खोजेजति दरखास्त नै पर्दैन ।

darbandi

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *