पोलियो उन्मुलनका लागि भन्दै सुरु गरिएको आइपीभी खोप कार्यक्रम दुई बर्षमै बन्द !

दुई बर्ष अघि यसरी खोपको शुभारम्भ भएको थियो
दुई बर्ष अघि यसरी खोपको शुभारम्भ भएको थियो

काठमाडौँ, १० असोज – सरकारले दुईबर्ष अघि बढो तामझामसाथ सुरु गरेको इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आइपीभी) खोप दिने कार्यक्रम तत्कालका लागि बन्द भएको छ । दातृ निकायले अन्तराष्ट्रिय बजारमै खोपको अभाव भएको भन्दै पठाउन छाडेपछि आइपीभी बन्द भएको हो ।

ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन गाभीको सहयोगमा नेपालमा खोप उपलव्ध गराउदै आएको संस्था पोलियो इराडिकेशन इनिसेटिभले विश्वव्यापी अभावको कारण जनाउदै कम्तीमा एक बर्ष खोप उलव्ध गराउन नसक्ने लिखित पत्र पठाएको छ । सो संस्थाले सन् २०१७ को अन्त्यसम्म अभाव रहनसक्ने जानकारी दिएको छ ।

खोप लगाउने जिम्मा लिएको निकाय स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले आइपीभी अभाव भएको पत्र आएको पुष्टी गरेको छ । यद्धपी आफूसंग अझ एक महिनाका लागि स्टक रहेको जनाएको छ ।

महाशाखाका निर्देशक डा राजेन्द्र पन्तले खोप उलव्ध गराउने संस्थाले विश्वव्यापी अभाव भएको भन्दै एक बर्षसम्म उपलव्ध गराउन नसकिने जानकारी गराएको बताए । उनले आफूहरुसंग अब एक महिनाको लागि मात्रै आइपीभी भ्याक्सिन मौज्दात रहेको जानकारी दिए ।

के हो आइपीभी ?

सरकारले सन् २०१४ बाट गाभीकै सपोर्टमा आइपीभी भ्याक्सिन सुरु गरेको हो ।बालबालिकाको उमेर १४ हप्ताको भएपछि उनीहरुलाई यो खोप लगाउने सकिने बताइएको छ । त्यसअघि मुखबाट दिइने ओरल खोप मात्रै थियो । विस्तारै मुखबाट दिने पोेलियोको तीन टाइपमध्ये टाइप वान, टाइप टु र टाइप थ्रि मध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री ) नियमित रुपमा संचालन भईरहेको छ ।

टाइप टु नेपालबाट धेरै अघि देखी नदेखिएको भएपनि यसको मृत जिव मिसिएको आइपिभी भ्याक्सीन सुरु गरेको थियो । विश्व स्वास्थ्य संगठनले नै सो खोप प्रयोग गर्नको लागि विश्व समुदायलाई आह्वान गरेको थियो ।

तर पछिल्ले समय यो खोप उत्पादन गर्नै कम्पनीले बढी जोखीम भएका देशको लागि मात्र उत्पादन गरेपछि नेपाल लगायतका मुलुकहरुमा अभाव हुने अवस्था आएको महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतम बताउछन् ।

‘नेपाललाई केही फरक पार्दैन ‘

महाशाखाका प्रमुख डा पन्तले नेपाल पोलियो उन्मुलनको तयारीमा रहेको र टाइप टू पोलियो पूर्ण रुपले निर्मुल भएको कारण आइपीभी नभएता पनि केही असर नगर्ने बताए । उनले टाइप टु कै लागि आइपीभी नभएता ओपीभी भएको भन्दै त्यसले कभर गर्ने बताए ।

विश्व स्वास्थ्य संगठनले अहिले पनि पोलियो देखिएका अफगानस्थान पाकिस्तान जस्ता देशलाई सो खोप प्राथमिकतामा पारेका कारण नेपाललाई सो खोप उपलव्ध गर्न नसकेको जानकारी गराएको बताए ।

यदी नेपालमा टाइप टु पोलियोको संक्रमण देखिएमा संगठनले आफुसंग भएको स्टक तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *