प्याजका ८ फाइदा

onion

१.  प्याजमा प्रशस्त मात्रामा सोडियम, पोटासियम र फस्फोरसका साथै एन्टीअक्सिडेन्ट र क्रोमियम नामक तत्व हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ ।

२.  यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ ।

३.  यसको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउँछ जसले मधुमेह रोगीका लागि लाभदायी हुनुका साथै मृगौला रोगीहरुका लागि पनि फाइदा गर्छ ।

४.  निन्द्रा नपर्ने ब्यक्तिहरुले प्याजको स्लाद बनाएर खानाले निन्द्रा लाग्न मद्दत गर्छ ।

५.  यसको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खातराबाट टाढा राख्नमा मद्दत गर्छ ।

६.  यसको सेवनले रुघाखोकी निको पार्नुका साथै मुखको दुर्गन्ध हटाउन, दाँत, गिँजा तथा मुखको संक्रमण हुनबाट बचाउँछ ।

७. प्याजलाई पेस्ट बनाएर दहीमा मिलाई अनुहार तथा शरीरमा लगाउनाले अनुहार तथा शरीरमा भएका काला दागहरु हटानुका साथै प्याजको रसले कपडामा भएका दागहरु हटाउन पनि मद्दत गर्छ ।

८.  प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४/५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारी हुँदा दुखाइ बढि हुने महिलालाई लाभदायक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *