सरकार भन्छ, ‘२२ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर पुगे, नपुगेका अब तीन वटा मात्रै’

काठमाडौँ, ९ असोज – सरकारले डाक्टर नभएका भनिएका देशभरका २५ वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये २२ वटामा डाक्टर पठाएको बताएको छ । तर बाँकी तीनवटा केन्द्रमा भने डाक्टर पठाई नसकेको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यभार सम्हालेपछिको पहिलो बैठकमै डाक्टर नपुगेका देशभरका प्राथमिक स्वास्थ्य केन्द्रको खोजी गरि ती सबैमा तीन महिना भित्र डाक्टर पठाउने घोषणा गरेका थिए ।

सो घोषणा लगत्तै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशकको संयोजकत्वमा कमिटी गठन गरि रिक्तस्थान खोजी गर्न र ती स्थानमा डाक्टर पठाउन जिम्मा दिएको थियो । सोही अनुसार सो कमिटिले डाक्टर नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रको विवरण संकलन गरेको थियो । सो क्रममा १६ वटा जिल्लाका २५ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको बताइएको छ ।

विभागकी निमित्त महानिर्देशक डा. पुष्पा चौधरीले डाक्टर नभएका भनिएका २५ मध्ये २२ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर पठाइसकिएको बताइन् । उनले रिक्त स्थानका लागि बढी भएका स्थानबाट पुराना डाक्टरलाई खटाइएको बताइन् । तर त्यति गर्दा पनि रुपन्देहीको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र, सुर्खेतको अवालसिंह प्राथमिक स्वास्थ्य केन्द्र र डोटीको केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्रमा भने अहिलेपनि डाक्टर नपुगेको उनको भनाई थियो । ‘ति स्थानमा हामीले स्थायी दरवन्दीवाला डाक्टर नै पठाउने योजना बनाएका छौँ,’ उनले भनिन् ।

‘छात्रबृत्तिमा अध्ययन गरेका डाक्टरले अध्ययन पश्चात सरकारले खटाएको स्थानका गई दुई बर्ष काम गर्नुपर्छ । तर सोर्स फोर्सको आधारमा अधिकांश डाक्टरले काठमाडौँ वरपरका स्थानमै रहने गरेका छन् । अहिले ती डाक्टरलाई नै रिक्तस्थानमा पठाइएको हो,’ मन्त्रालयका उपसचिव बाबुराम खनालले बताए ।

उनले अहिले खटाएका डाक्टरपनि कतिपय एमडी एमएस अध्ययनका लागि सहभागी भएको हुनसक्ने भन्दै केही दिन भित्रै फिल्डमा पुगेको नपुगेको बारेमा जानकारी हुने र थप निर्णय गर्ने उनले स्पष्ट पारे ।

डाक्टर नभएका भनिएका देशभरका २५ वटा प्राथमिक स्वास्थ्य केन्द्र 

phc-1

phc2

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सरकार भन्छ, ‘२२ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर पुगे, नपुगेका अब तीन वटा मात्रै’

  1. बाग्लुङको कुश्मीसेरा मा डाक्टर नभएको त थाहा नै रैनछ बिभागलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *