सिनेट बैठकको निर्णय : न्याम्सको नाम अव ‘मनमोहन स्मृति चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान’

nams

काठमाडौँ, ८ असोज – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स नाम परिवर्तन हुने भएको छ । आज बसेको सिनेट बैठकले अहिलेको नामलाई परिवर्तन गरि मनमोहन स्मृति चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बनाउने निर्णय गरेको हो ।

विवादिद बनेको प्रस्तावित मनमोहन मेडिकल कलेजलाई सरकारको मातहतमा ल्याउने तयारी स्वरुप नाम परिवर्तन गर्ने निर्णय भएको बुझिएको छ । आफूसंग भएको सम्झौताहरु कार्यान्वयन नगरे १० असोज देखि अनसन बस्ने डा. गोविन्द केसीले चेतावनी दिएपछि न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री गगन थापाले सिनेट बैठक बोलाउन गत ४ असोजमा निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार न्याम्सले आकस्मिक बैठक बोलाएको थियो ।

उपकुलपति प्राडा गणेश गुरुङले सिनेट बैठकमा आज नाम परिवर्तन सम्वन्धी एउटै एजेन्डा रहेको भन्दै सोही विषयमा निर्णय भएको बताए । उनले आजको निर्णय अव मन्त्रीपरिषदबाट स्वीकृति हुनुपर्ने । त्यसपछि विभिन्न समितिमा छलफल हुँदै संसद पुगी पास हुने बताए ।

२४ जना सिनेट सदस्य रहेको न्याम्समा आजको बैठकमा भने २२ जनाको उपस्थिति थियो । बैठकमा काठमाडौँ युनिभर्सिटी र त्रिभुवन युनिभर्सिटीका उपकुलपतिहरु उपस्थित थिएनन् । केयुका उपकुलपति बाहिर भएकोले अनुपस्थित भएको तर त्रिविका उपकुलपति चिठी नपाएको भन्दै नगएको स्रोतले बतायो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *