पाँच बर्षमा एक लाख मानिसलाई कुकुरले टोक्यो

dog bite

काठमाडौँ, ४ असोज – राजधानीमा कुकुरले टोकेका बिरामीको सङ्ख्या आश्चर्यजनक छ । टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा मात्र विगत पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी मानिस कुकुरले टोकेर उपचार गर्न आएका छन् ।

अस्पतालका अनुसार २०६८ सालदेखि ०७२ सम्म १ लाख १ हजार ९०३ जनालाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ । यसबाहेक निजी अस्पताल र क्लिनिकमा उपचार गराउनेको सङ्ख्या छुट्टै छ ।

२०६८ सालमा मात्र १४ हजार १५६ जना बिरामी एन्टिरेविज भ्याक्सिन लगाउन आएका थिए । यस्तै २०६९ मा १५ हजार ८४७ जनाले भ्याक्सिन लगाएका छन् । अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार यो सङ्ख्या भुस्याहा कुकुरले टोकेर भ्याक्सिन लगाउन आउने व्यक्तिको हो ।

पुनले २०७० सालमा २०६९ भन्दा बढेर १८ हजार चार पुगेको जानकारी दिए । यसैगरी २०७१ मा अघिल्लो वर्षको तुलनामा ६ हजारले बढेर उक्त सङ्ख्या २४ हजार दुई सय ३४ मा पुगेको छ । २०७२ मा भने भुस्याहा कुकुरले टोकेका पीडित २१ हजार ४३४ रहेको छ । डा. पुनका अनुसार २०७३ वैशाखदेखि साउनसम्ममा ८ हजार २२८ जनालाई भुस्याहा कुकुरले टोकेको छ ।

डा. पुनका अनुसार हाल शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक सय जनाभन्दा बढी व्यक्ति कुकुरले टोकेर उपचारका लागि आउने गरेका छन् ।

भुस्याहा कुकुरको सङ्ख्या बढ्न नदिन काठमाडौँ महानगरपालिकाले बन्ध्याकरण (स्थायी परिवार नियोजन) अभियान सुरु गरे पनि कुकुरले टोकेका व्यक्तिको सङ्ख्या कम हुन नसकेको डा। पुनको भनाइ छ ।

डा. पुनका अनुसार साउन महिनामा मात्र एक हजार ९३१ जनाले एन्टिरेविज भ्याक्सिन लगाएका छन् । अस्पतालमा सयभन्दा बढी व्यक्ति कुकुरको टोकाइबाट आउने गरेको जानकारी दिँदै पुनले भने, “ती सबैलाई भ्याक्सिन लगाउनुपर्ने अवस्था भने हुँदैन् ।”

  • आजको गोरखापत्रमा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *