एमबीबीएस र बीडीएसको भर्ना प्रक्रिया : प्रवेश परीक्षामा उत्तीर्णले अनलाइन फारम भर्नुपर्ने, मेरिट लिष्टको आधारमा नाम प्रकाशित हुने

काठमाडौँ, १ असोज – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले गत शनिबार र आइतबार सम्पन्न एमबीबीएस, बीडीएस विषयमा उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुन अनलाइन फारम भरि भर्ना कार्यक्रममा सहभागी हुन् आवहान गरेको छ ।

आगामी ४ देखी १३ असोजसम्म अनलाइन फारम भरेपछि त्यसैको आधारमा योग्यताक्रम( मेरिट लिष्ट)को आधारमा नामावली प्रकाशित हुने र भर्नाको प्रक्रिया अघि बढने जनाएको छ । तर तोकिएको समयमा अनलाइन फारम नभरे भर्ना प्रक्रियामा सहभागी हुन नपाइने समेत स्पष्ट पारेको छ ।

आइओएमले प्रवेश परीक्षामा प्राप्त भएको एमबीबीएस बीडीएसको प्राप्तांक, कलेज क्याम्पस छनौट लगायतका विषय भर्नुपर्नेछ ।
हेर्नुहोस सूचना

mbbs

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *