किशमिश खानुका ७ फाइदा

kismis
१. हड्डी बलियो :  किशमिशमा बोरोन नामक माइक्रो न्यूट्रिएंट्स नामक तत्व हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ ।

२. रगतको कमी :  किशमिशमा प्रसस्त मात्रामा आइरन हुन्छ । यसको नियमित सेवन गर्नाले शरीरमा रगतको कमी हुनबाट बचाउछ र एनिमिया रोग लाग्नबाट टाढा राख्छ ।

३. तेजिलो :  किशमिशमा एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइड पाइन्छ । जसले आँखा तेजिलो बनाउन मद्दत गर्छ ।

४. स्वस्थ मुख :  यसमा हुने ओलीनोलिक एसिडले मुखमा हुने ब्याक्टेरियालाई नष्ट गर्छ । किशमिशको नियमित सेवन गर्नाले मुख स्वस्थ हुन्छ र मुख सम्बन्धी बिभिन्न समस्याहरु हट्छ ।

५. एसिडिटी :  किशमिशमा म्याग्नेसियम तथा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा एसिडको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ र एसिडिटी सम्बन्धी समस्याबाट टाढा राख्छ ।

६. स्वस्थ मुटु :  किशमिशमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । नियमति रुपमा यसको सेवन गर्नाले कोलेस्टेरोल कम गर्न मद्दत गर्छ र मुटु सम्बन्धी रोग लाग्न बाट बचाउँछ ।

७. तौल बढाउन : किशमिशमा फ्रक्टोज तथा ग्लुकोज पर्याप्त मात्रामा हुन्छ । यसको सेवनले शरीरमा शक्ति पैदा गर्नुका साथै तौल कम हुनेहरुका लागि तौल बढाउन मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *