पूर्व राष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च सरकारले तिर्ने, ६० लाख पेश्की दिने निर्णय

ram baran yadabकाठमाडौँ, १३ भदौ – सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च पेश्की स्वरुप उपलव्ध गराउने निर्णय गरेको छ । यसअघि भारतमा उपचार गराउन जाने क्रममा उनलाई १० लाख रुपैयाँ उपलव्ध गराएको थियो ।

भारतमा परीक्षणका क्रममा प्रोष्टेड क्यान्सर देखिएपछि पूर्वराष्ट्रपति डा. यादव थप उपचारका लागि अमेरिका प्रस्थान गर्दैछन् । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नेछ । पूर्वराष्ट्रपति डा. यादवको निजी सचिवालयका अनुसार यादवको सेम्टेम्बर तेस्रो हप्ता हेनरीफोर्ड सेन्टरमा उपचार हुनेछ ।

सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख पेश्कीबाहेक बाहेक जाने-आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ । साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने निर्णय गरेको छ ।

यादव राष्ट्रपति रहेकै बेला क्यान्सरको आशंका गरेपछि परीक्षणका लागि सरकारले जापान पठाएको थियो । तर, त्यसबेला उक्त आशंका गलत भएको परीक्षणबाट पुष्टि भयो ।

पछिल्लो पटक साउन तेस्रो साता जनकपुरमा रहेका बेला पिसावमा समस्या देखिएपछि यादवले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । त्यसक्रममा प्रोस्टेटमा समस्या देखिएपछि चिकित्सकहरुको सुझाव अनुसार भारत गएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *