जिब्रो पोलेमा के गर्ने ? अपनाउनुहोस् यी ६ घरेलु उपाय

tounge
कहिलेकाहीँ चिया, कफी पिउँदा तथा अन्य तातो खाने कुरा खाँदा जिब्रो पोल्ने गर्दछ । जसका कारण अन्य परिकार खान पनि समस्या हुन्छ र खानेकुराको स्वाद थाहा पाउन पनि मुस्किल हुन्छ । यसरी जिब्रो पोलेको समयमा केही घरेलु उपाय अपनाउन सकिन्छ ।

१. बेकिङ सोडा : बेकिङ सोडाले पोलेको बेला हुने एसिडिटीलाई कम गर्छ । त्यसकारण जिब्रो पोल्नासाथ बेकिङ सोडापानीले मुख कुल्ला गर्नु पर्छ जसले पोलेको दुखाई कम गर्न मद्दत गर्छ ।

२. आइस क्युब : यदि जिब्रो पोल्यो भने आइस क्युबलाई झोल बनाएर मुखमा लगाएर केही बेर चुस्ने गर्नुपर्छ ।

३. चुइगम : चुइगम खाँदा पनि पोलेको जिब्रोलाई चिसो बनाउन मद्दत गर्छ । यसले मुखमा थुक बनाउने काम गर्छ । मुखमा थुक बन्ने क्रम निरन्तर रहँदा पोल्न कम हुन थाल्छ ।

४. दही : जिब्रो पोलेमा एक चम्चा दही मुखमा केही समय राख्ने । यसले चिसो प्रादन गर्नुका साथै आराम पनि दिन्छ ।

५. मह :  एक चम्चा मह जिब्रोमा राख्ने । यसले पोलेको जिब्रोमा दुखाई कम गर्न मद्दत गर्छ ।

६. घ्यूूकुमारी :  घ्यूूकुमारी एक प्राकृतिक जडिबुटि हो, जसले जुनसुकै जलेको ठाउँमा पनि पीडा कम गराउन मद्दत गर्छ । यसलाई जिब्रोमा आइस क्युबसँग मिलाएर लगाउँदा पनि फाइदाजनक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *