बिनादर्ता सञ्चालित औषधि पसललाई कारबाही गर्न निर्देशन

gagan3

काठमाडौँ, १० भदौ –  नवनियुक्त स्वास्थ्य मन्त्री गगनकुमार थापाले काठमाडौँ उपत्यका र बाहिरका जिल्लामा बिनादर्ता भएका औषधि पसललाई कारबाहीका दायरामा ल्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका छन् ।

औषधि व्यवस्था विभागले गरेको औषधि व्यवस्थापन कार्यक्रममा उनले भने, “बिनादर्ता सञ्चालन हुँदै आएका औषधि पसललाई एक महिना दर्ता गर्ने समय दिनुस् तर एक महिनाभित्र दर्ता नगर्ने औषधि पसललाई बन्द गर्नाका साथै सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने कार्य सुरु गरिहाल्नुहोस् ।” मन्त्री थापाले कतै एक जनाका नाममा औषधि पसल दर्ता गरी सञ्चालन अरुले नै गर्ने गरेकाले उनीहरुलाई पनि कारबाही गर्न विभागलाई निर्देशन दिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले थोरै दक्ष जनशक्तिले धेरै काम गरिरहनुपरेको गुनासो गरे। आजैदेखि विभागद्वारा गरिने सम्पूर्ण काम औषधि उत्पादन, पैठारी, औषधि पसल दर्ता र औषधि पसल दर्ताजस्ता सम्पूर्ण काम अनलाइन पद्धतिबाट हुने उनले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *