कसरी जोगिने मधुमेहबाट ? डा. ज्योति भट्टराईको सुझाव

डा. ज्योति भट्टराई, मधुमेहरोग विशेषज्ञ
डा. ज्योति भट्टराई, मधुमेहरोग विशेषज्ञ

मधुमेह रोगको अवस्था दिनानुदिन भयावह बन्दै गईरहेको छ । नेपालमा मात्रै होइन यसको प्रभाव संसारभरका मुलुकमा बढदै गइरहेको छ । पहिले पहिले धनीमानीको रोग भनेर चिनिने यो रोगले यतिवेला गरीबहरुलाई पनि उत्तिकै सताएको छ । अझ भनौ धनी मुलुकमा भन्दा गरीब मुलुकमा यसबाट हुने मृत्युदर बढी देखिएको छ ।

शारीरिक काम गर्ने व्यक्तिलाई पनि देखिएको छ । पहिले चालिस बर्ष माथिका मानिसलाई देखिन्छ भनिन्थ्यो तर अहिले त्यो भन्दा निकै कम उमेरका मानिसमा पनि देखिन थालेको छ ।

विकशित मुलुकमा ४० बर्ष माथिका मानिसलाई टाइप टू मधुमेहले सताएको पाइन्छ । तर हाम्रो नेपालमा ३० बर्षकै उमेरका व्यक्तिलाई टाइप टू वाला मधुमेहले ग्रस्त बनाएको छ ।

मधुमेह पौढ हुँदै जाँदा देखिने रोग भनिएपनि अहिले यो बच्चा देखि बृद्ध सबैमा देखिन थालेको छ । त्यसैले यसबाट जोगिने उपायको खोजीगर्नु प्रत्येक व्यक्तिको दायित्व हो ।

मधुमेहको प्रकार :

प्रकार १ : शरीरमा इन्सुलिन भन्ने तत्व हुन्छ, जसले जीवकोषहरुमा चिनीलाई थन्कोबन्को लाउँछ । इन्सुलिनको उत्पादन नभएको अवस्थामा मधुमेह हुन्छ । यो प्रकारको मधुमेह धेरै कम व्यक्तिहरुलाई हुन्छ ।

प्रकार २ : यसमा इन्सुलिन निस्के पनि यसको काम गराइमा कमी आएको हुन्छ । यसले गर्दा चिनीहरु जीवकोषहरुमा पस्न नपाएर रगतमै घुमिबस्छन् र विभिन्न अंगमा क्षति पुर्याउँदै लैजान्छन् । यो प्रकारको मधुमेह धेरैलाई हुन्छ । त्यस्तै, गर्भावस्थामा पनि विविध कारणले मधुमेह हुन्छ ।

मधुमेहका  लक्षणहरु :
सबै मधुमेहका विरामीलाई लक्षण देखिन्छ भन्ने होइन । देखिन पनि सक्छ नदेखिन पनि सक्छ । अध्ययनहरुले झण्डै ५० प्रतिशत विरामीहरुमा लक्षण विना नै रोग लागेको देखिएको छ ।त्यसैले लक्षण देखिएला र परीक्षण गराउँला भन्नु कहिलेकाँही ढिला हुनजान्छ । तर कतिपयलाई लक्षण पनि देखिन्छ ।

ती लक्षणहरु  :

  • छिन छिनमा पिसाव लाग्ने ,
  • मुख सुक्ने, पानीको प्यास बढी लाग्ने, वजन घटने,
  • थकान महसुस हुने, आँखा धमिलो हुने,
  • गुप्तांग तथा अन्यस्थानमा संक्रमण हुने,
  • घाउचोट देखिने तर निको नहुने,
  • टाइप वान मधुमेहमा अघि बढी वजन घटछ,
  • त्यस्तै टाइप वान अलि भर्खरको व्यक्तिलाई हुन्छ । छिटो विरामी पर्ने सम्भावना हुन्छ ,

मधुमेहबाट जोगिनको लागि के के गर्ने ?

पेटको गोलाई घटाउनुस् :  भुडी अर्थात पेटको गोलाई जति बढी भयो त्यति नै बढी मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले पेटको गोलाई घटाउन लाग्नुपर्छ । त्यसका लागि खानपान र जीवन शैलीमै परिर्वतन गर्नुपर्छ । पेटको गोलाई घटाउने विभिन्न उपायहरु हुन्छन त्यसको प्रयोग गर्नुपर्छ ।

शारीरिक व्यायम गर्नुहोस : विश्व स्वास्थ्य संगठन डव्लुएचओले दैनिक कम्तीमा आधा घण्टा शारीरिक व्यायम गर्नुपर्छ भनेको छ । तसर्थ सकिन्छ दैनिक एक घण्टा नसके आधा घण्टा कम्तीमा व्यायम गर्नुपर्छ ।

गाडी चड्ने मानिसहरु बसस्टपमै ओर्लनुस् : शहरमा गाडी चड्ने मानिसहरु बसस्टममै ओर्लेको राम्रो । बसस्टपमै ओर्लदा गन्तव्यमा पुग्न केही समय हिडिन्छ । यसले राम्रो हुन्छ । घर अगाडी वा गन्तव्यमै ओर्लनु राम्रो होइन् ।

स्वस्थ र ताजा खाना खाऔँ  : मधुमेहबाट जोगिनका लागि चिल्लो रहीत खाना खाऔँ । तेलमा तारेको खाना बन्देज गरेको राम्रो । खानेकुरामा साग सव्जी र फलफुलमा जोड दिऔँ । अझ त्यसमा पनि विषादी नहालेको सागशव्जी र फलफुल खान पाए अझ राम्रो । मकैको च्याख्ला पनि मधुमेहीलाई राम्रो मानिन्छ ।

भात कम खाने गरौँ : भात सकेसम्म कम खाऔँ । तर यसो भन्दैमा कडा शारीरिक काम गर्नेहरुले कम खानु भनेको होइन् । काम अनुसार डाइट पुरयाउनै पर्छ । तर सामान्य हल्का काम गर्नेले धेरै भात खाँदा त्यसले पेटको गोलाई बढाउछ । तसर्थ कम खाऔँ भनेको हो ।

खानाको लागि म के भन्छु भने नौ इन्चीको थाल लिने त्यसलाई चार भाग लगाउने एक चौथाई भाग अन्न, दुई चौथाई भाग सागसव्जी र बाँकी एक चौथाई भाग फलफुल, दाल तरकारी अचार माछा मासु खानु राम्रो । खानामा एक पटकमा दुई तीन वटा टुक्रा मासु खान सकिन्छ । बोसोरहित चिकेन फिस खानु राम्रो मानिन्छ । यो मधुमेहीलाई मात्रै होईन जो तौल घटाउन खोज्नु भएको छ उहाँहरुले पनि गर्नु राम्रो हुन्छ ।

चिसो पेय पदार्थ जंकफुड नखाऔँ : कोक फेन्टा जुस आदि नखाऔँ बरु त्यसको सट्टा प्रसस्त पानी खाऔँ । मिठाईहरु लालमन रसबरी नखाऔँ लाखमरी, जेरी स्वारी आदि तारेको चिज नखानु भन्छौँ । गुलियो चिल्लो खाने कुराले खानेकुराले अनावश्यक बोसो बढाउछ ।

मधुमेहको नियमित जाँच गरौँ : यदि आफ्ना बंशजहरुमा मधुमेह छ भने ३० बर्ष देखिनै मधुमेह परीक्षण गर्नु राम्रो हुन्छ । अन्य व्यक्तिले ४० बर्ष कटेपछि गरेपनि हुन्छ । तर एक्कासी तौल घट्दै गयो , पिसाव लागि राख्यो अर्थात बाथरुप गएको गयै गर्न परयो भने त डाक्टरलाई देखाई हाल्नुपर्छ ।

मधुमेह रोग देखिएपछि कसरी व्यवस्थापन गर्ने ?
मधुमेह रोग देखिएपछि अर्थात पहिचान गरेपछि कसरी स्वयं व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनेुपर्छ । किनभने यसको राम्ररी व्यवस्थापन गर्न सकिएन वा जानिएन भने थप गम्भीर खतरा निम्त्याउछ । जस्तै मिर्गौला फेल हुने, मुटुरोग पक्षघात यौनदुर्वलता, खुटटा झमझमाउने पोल्ने र खुटा काटने अवस्था सम्म पुरयाउन सक्छ ।

त्यसैले  पहिलो त के कारणले मधुमेह लाग्छ भनेर ज्ञान हुनुपर्यो, जो माथि आइसक्यो । हामीले खानपानको व्यवस्थापन अर्थात् सन्तुलित भोजन गर्न सक्यौं भने मधुमेहबाट जोगिन सक्छौं । जस्तो, ब्राउन राइस, मकै, गहुँ, जौ, कोदो खान सकिन्छ । चिकित्सकको नियमित सम्पर्कमा बस्ने, चिकित्सकले दिएको सल्लाह अनुसारका गतिविधि गरेर पनि रोगको व्यवस्थापन गर्न सकिन्छ ।

# डा. भट्टराईलाई मेट्रो हस्पिटल महाराजगञ्ज चक्रपथमा भेटन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *