परिवर्तन चाहने चिकित्सकका लागि हाम्रो उम्मेदवारी : डा.रमेश ढकाल

एउटा प्यानलको नेतृत्व गर्दै चिकित्सक संघको निर्वाचनमा भाग लिनु भएको छ चिकित्सकले तपाईँको प्यानललाई अझ भनु तपाईँलाई नै भोट दिने किन ?

डा. रमेश ढकाल, अध्यक्ष पदका उम्मेदवार (व्यावसायिक समावेसी समूह)
डा. रमेश ढकाल,
अध्यक्ष पदका उम्मेदवार (व्यावसायिक समावेसी समूह)

यसपटकको चुनावमा दुईवटा प्यानलले भाग लिएको छ । त्यसमा हाम्रो प्यानल नयाँ हो । व्यावसायिक समावेसी समूहको नाममा हामीले उम्मेदवारी दिएका हौँ । तर हाम्रो प्रतिस्पर्धी प्यानल नयाँ होइन । उहाँहरु २०६२ /०६३ देखी नै संघमा एकछत्र हावी भएको प्यानल हो । अर्को अर्थमा भनु त्यो ‘टेष्टेड’ प्यानल हो । त्यो प्यानलले जितेर के गरयो र कति गर्नसक्छ चिकित्सक बर्गमा सबैलाई थाह छ । तर हाम्रो प्यानल सम्पूर्ण रुपले नयाँ प्यानल हो अर्थात हामी टेष्ट हुन बाँकी नै छौँ । अहिले बहुसंख्यक चिकित्सकहरु परिवर्तन चाहन्छन् त्यो परिवर्तनको अनुभूति हामी दिलाउन चाहन्छौँ ।

<p/ class=”breaker”>हाम्रो प्रतिस्पर्धी प्यानल नयाँ होइन । उहाँहरु २०६२ /०६३ देखी नै संघमा एकछत्र हावी भएको प्यानल हो । अर्को अर्थमा भनु त्यो ‘टेष्टेड’ प्यानल हो । त्यो प्यानलले जितेर के गरयो र कति गर्नसक्छ चिकित्सक बर्गमा सबैलाई थाह छ । तर हाम्रो प्यानल सम्पूर्ण रुपले नयाँ प्यानल हो अर्थात हामी टेष्ट हुन बाँकी नै छौँ । अहिले बहुसंख्यक चिकित्सकहरु परिवर्तन चाहन्छन् त्यो परिवर्तनको अनुभूति हामी दिलाउन चाहन्छौँ ।

निर्वाचनमा तपाईँहरुको समूह र प्रतिस्पर्धी समूहमा त्यस्तो के भिन्नता छ र चिकित्सकले तपाईँकै समूह रोज्नुपर्ने ?

ठिक प्रश्न सोध्नुभयो , हाम्रो प्रतिस्पर्धी समूह एउटा कुनै संगठनको प्रतिनिधित्व गर्नुहुन्छ । अझ भनौ पेशागत कम राजनीतिक बढी । तर हामी त्यस्तो होइन जुनसुकै आस्था, जातीय क्षेत्रीय लिंग सबै मिलाएर हाम्रो समूह गठन भएको हो र हामीले त्यो समूहको प्रतिनिधित्व गछौँ ।  नयाँ पुस्ता, नयाँ जोश जागर र भिजन सहित उभिएको मेरो नेतृत्वको युवा टिम छ । त्यसैले पनि परिवर्तन चाहने चिकित्सकहरुले हामीलाई भोट दिनुपर्छ र दिनुहुन्छ भन्ने मेरो मान्यता हो ।

निर्वाचनका लागि तपाईँहरुको समूह फरक भयो केही एजेन्डा पनि फरक होलान् तर त्यो बाहेक अरु भिन्नता के छ ?

हो उहाँहरु प्रजातान्त्रिक समूह भनेर भाग लिनु भएको छ । उहाँहरुले देशको भूगोल समेटन सक्नुभएको छैन तर हाम्रा उम्मेदवारहरु पूर्व देखी सुदूर पश्चिम सम्मका छन् । अर्थात हामीले भूगोल समेटेका छौँ । पूर्व झापा देखि जनकपुर, पोखरा, विराटनगर, चितवन देखी धनगडीसम्म समेटेका छौँ । व्यावसायिक समावेसी समूह भनेका छौँ । कुनै पनि व्यक्ति कुनै पनि पार्टीसंग आवद्धता हुन सक्ला तर हाम्रो मान्यता के भने चिकित्सकसंघमा आइसकेपछि त्यो चिकित्सक हुनुपर्छ । त्यो राजनीतिक कार्यकर्ता बन्नु हुदैन भन्ने हो । त्यसैको खातिर मेरो उम्मेदवारी हो । बहुसंख्यक चिकित्सकहरुले यसले पेशागत काम गर्छ चिकित्सकको आवरणमा राजनीति गर्दैन भन्ने विश्वासले नै उम्मेदवारी दिन लगाउनुभएको हो । तर हाम्रो प्रतिस्पर्धी समूह त्यसमा बिल्कुलै फरक छ । हामी देशको स्वास्थ्य क्षेत्र कस्तो बनाउने रोल चिकित्सक संघले खेल्नुपर्छ ।

स्तरीय स्वास्थ्य नीति चिकित्सकहरुको पेशागत सुरक्षाका लागि सरकारलाई सकारात्मक सुझाव सहित दवाव दिनुपर्छ भन्ने मान्यता राख्छौँ । हामी उमेरका हिसावले पनि एकदम युवा भएको र इनर्जेटिक भएको हुँदा यसपटक मेरो नेतृत्वको यो प्यानललाई सबैले टेष्ट गर्नुपर्छ भन्ने दावा हो ।

तपाईँले उम्मेदवारी दिदै गर्दा अहिलेसम्मको नेतृत्वले गर्न नसकेको काम के के लाग्छ ? जुन तपाईँहरु विजयी हुनुभयो भने गरिहाल्नु हुन्छ ?
नेपालमा १७ हजार चिकित्सक छन् । विडम्वना भन्नुपर्छ चिकित्सक संघको सदस्यता लिएका लगभग छ हजार थिए तर अहिले त भोटरलिष्टमा ५ हजार ३०५ जना मात्रै देखियो । अव यी मतदाताबाट ६० प्रतिशत भोट खस्दा १ हजार ५ सय बढी भोट ल्याउनेले चुनाव जित्ने अवस्था छ । भनेपछि १ हजार ५ सय बढी डाक्टरको मत पाएको संघले ती सबै १७ हजार चिकित्सकको कसरी प्रतिनिधित्व गर्छ ? त्यसैले मैले यहाँ भन्न खोजेको के भने हामीले सबै चिकित्सकलाई गोलवन्द गर्नै सकेनौँ वा जो नेतृत्वमा अहिलेसम्म रहँदै आउनुभयो उहाँहरुले सक्नुभएन ।

<p/ class=”breaker”>नेपालमा १७ हजार चिकित्सक छन् । विडम्वना भन्नुपर्छ चिकित्सक संघको सदस्यता लिएका लगभग छ हजार थिए तर अहिले त भोटरलिष्टमा ५ हजार ३०५ जना मात्रै देखियो । अव यी मतदाताबाट ६० प्रतिशत भोट खस्दा १ हजार ५ सय बढी भोट ल्याउनेले चुनाव जित्ने अवस्था छ । भनेपछि १ हजार ५ सय बढी डाक्टरको मत पाएको संघले ती सबै १७ हजार चिकित्सकको कसरी प्रतिनिधित्व गर्छ ?

दोस्रो कुरा जनआन्दोलन २०६२ /६३ मा जसरी लोकतन्त्र ल्याउन चिकित्सकको महत्वपूर्ण योगदान रहयो त्यसपछिका दिनहरुमा सबैभन्दा बढी पिडीत चिकित्सकहरु नै हुनुपरयो । हस्पिटल तोडफोड भयो, टाक्टरहरुमाथि दव्र्यहार भयो । अनि एनएमएले के गरयो भन्दा सेन्टीमेन्ट भड्कियो भने हस्पिटल बन्द गर्ने जस्ता मात्रै काम गरयो । कुनै डाक्टरलाई प्रोफेसनल काउन्सिलिङ गर्न सकेको छैन् । कुनै डाक्टरलाई मुद्धा पर्दा वकिलको व्यवस्थ गर्न सकेको छैन् । कसैको सोसियल सेकुरिटी दिन सकेको छैन । त्यसैले डाक्टरहरु एनएमए प्रति नकारात्मक छन् । एनएमएले राजनीतिक बाहेक के गर्छ हाम्रा लागि भन्ने आम डाक्टरको गुनासो छ । यस्तो आरोप आउनुमा हाम्रो प्रतिस्पर्धी नेतृत्व जो पहिले देखिनै एनएमएमा छ उसले समग्र डाक्टरको भन्दा पनि एउटा गुटको प्रतिनिधित्व गरयो भन्ने नै हो ।

पछिल्लो पटक तीन कार्यकाल उहाँहरुको एकछत्र राज हुँदा चिकित्सकहरुको बृत्तिविकासमा के गरयो ? हामी त्यो कुरालाई समेटन चाहन्छौँ । चिकित्सकको बृत्तिविकास देखि हेल्थ इन्स्युरेन्स सम्मका कुराहरुलाई हामीले प्राथमिकतामा राखेका छौँ ।

यी बाहेक अरु पनि एजेन्डा छन कि ?

हो त्यसबाहेक हाम्रो योजना  चिकित्सकको पारिश्रमिकको कुरा, आठ आठ बर्षसम्म एउटै पारिश्रमिकमा बसेका छन् । महंगी बढ्छ तर त्यो अनुसार चिकित्सकहरुको बढछौँ । हेल्थ इन्स्योरेन्स हामी गर्छौँ । फ्रि लयर हामी दिन्छौँ । सोसियल सेकुरिटीको लागि हामी राज्यसंग पहल गर्दै भौतिक तथा सामाजिक आक्रमण दुव्र्यवार हुन नदिने काम अघि बढाउछौँ । ऐन कानून बनाउने ठाँउमा एनएमएको प्रतिनिधित्व सुनिश्चित गराउछौँ  ।
<p/ class=”breaker”>२०६२/०६३ मा जसरी लोकतन्त्र ल्याउन चिकित्सकको महत्वपूर्ण योगदान रहयो तर त्यसपछिका दिनमा सबैभन्दा बढी प्रताडित चिकित्सक नै भए । उपचारमा लापरबाहीको नाममा हुने आक्रमण होस या दुव्र्यहार, हस्पिटलमा तोडफोड आदि इत्यादि कार्यमा चिकित्सकनै मुख्य तारो बनाइन थालियो । तर संघको नेतृत्वले बढीमा विज्ञप्ती निकाल्ने बाहेक केही गरेन । हामी त्यसमा सुधार गर्न चाहन्छौँ । कुनैपनि चिकित्सकको पेशागत मर्यादा र सुरक्षाका लागि गर्नुपर्ने काम हाम्रो पहिलो प्राथमिकतामा पर्छ । पेशागत होइन राजनीतिक गतिविधि गर्ने थलो हो भन्ने भ्रमबाट मुक्त गर्न चाहन्छौँ ।

एउटै किसिमका चिकित्सकहरु विभिन्न ठाँउमा विभिन्न किसिमका तलव खाएर बसेको पाइन्छ । त्यो विडम्वना हो । त्यसलाई हामी अन्त्य गर्न चाहन्छौँ । अर्को कुरा निजी अस्पतालहरु मेडिकल कलेजहरु खुलेका छन् ८० प्रतिशत हिस्सा ओगटेको छ । तिनका माग पनि राज्यले सुन्नुपर्छ । किनकी राज्यले नसकेरै निजी अस्पतालको स्थापना भएको हो । यी कुरालाई राज्यसंग जोडदार रुपमा लगि त्यसको उपयुक्त व्यवस्थापनका लागि हाम्रो पहल हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *