बच्चा रुँदा आमाको स्तन किन रसाउँछ ?

डा कृष्णप्रसाद पौडेल, बालरोग विशेषज्ञ
डा कृष्णप्रसाद पौडेल,
बालरोग विशेषज्ञ

सामान्यत बच्चा स्तनपानमा सहभागी भएपछि आमाको स्तनबाट दुध आउछ । तर कतिपय अवस्थामा बच्चा स्तनपानमा सहभागी नभएका बेलामा पनि आमाको स्तनबाट दुध निस्कन वा स्तन रसाउछ ।

यस्तो किन हुन्छ ?
स्तनमा दुध आउनका लागि आमाको शरीरमा दुईवटा हर्मोनले विशेष भुमिका खेल्छ । एउटा प्रोल्याक्टिङ हर्मोन र अर्को लेटडाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोन । प्रोल्याक्टिङ हर्मोनले दुध उत्पादन गर्छ । अर्को लेटडाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोनले स्तनमा जम्मा भएको दुधलाई निचोरेर बाहिर निकाल्न मद्धत गर्छ ।

यी दुबै हार्मोनहरु आमाको मस्तिस्कमा आउने सोँच र बच्चाको क्रियाकलापको आधारमा सक्रिय हुने वा निस्कृय हुने काम गर्छ । बच्चाले आमाको दुध चुसेको अवस्था बाहेक पनि कहिलेकाही आमाको स्तनबाट आफै दुध झरेको हुन्छ वा स्तन रसाउछ यस्तो हुनुको कारण पनि त्यहि प्रोल्याक्टिङ र अक्सिटोसिन हार्मोनको हो ।

जब आमाको मस्तिस्कले आफ्नो बच्चालाई दुध खुवाउनु पर्ने बेला भयो भनेर मस्तिस्कमा सोच बनाउछिन उनको मस्तिस्कले प्रोल्याक्टिङ हर्मोनलाई सक्रिय गराई हाल्छ दुध उत्पादन सुरु भइहाल्छ । जम्मा भएको दुधलाई बाहिर पठाउने काम अक्सिटोसिनले गर्छ ।

संम्झदा मात्रै होइन बच्चा रोएको आवाजले पनि ती हार्मोनहरु सक्रिय हुन्छन । बच्चालाई छोडेर टाढा भएको बेला बच्चा भोकायो कि भन्ने सोचेमा ? आफूले खाजा वा खानेकुरा खाँदा आफूबाट टाढा भएको बच्चाको बारेमा सम्झेमा पनि स्तनबाट आफसेआफ दुध आउछ ।यतिमात्रै होइनकी अरु कुनै बच्चाहरुले स्तनपान देखेर आफ्नो बच्चा सम्झेपनिस्तन रसाउछ । त्यस्तै बच्चाको कपडा, बच्चाको गन्धले पनि स्तन रसाउछ । 

Mother holding crying son

आमाको सोच बच्चाप्रति जति सकारात्मक हुन्छ , त्यतिनैबढी दुध आउछ । त्यस्तैगरी जति बढी स्तनपान गरायो उति बढी दुध आउछ । नवजात शिशुका लागि पहिलो र दोस्रो दिन खासै धेरै दुध चाहिदैन । तर तेस्रो दिन देखी बच्चालाई धेरै मात्रामा दुध चाहिन्छ ।

सामान्यतया नवजात शिशुलाई दैनिक ८ देखी १० पटक सम्म बच्चालाई स्तनपान गराउन पर्छ । नवाजात शिशुको तौल अनुसार दुध आवश्यक पर्छ । सामान्यत जन्मदा तीन किलो तौले भएको शिशुले २४ घण्टामा १८० एमएल आमाको दुध आवश्यक पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *