१० एम्वुलेन्स चालक मापासे कारबाहीमा !

ambulance

काठमाडौँ, १६ साउन – बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन । तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबाहिरका हुन् । उनीहरूले बिरामी लिएर राजधानीका अस्पतालमा ल्याएपछि छाडेर फर्कने क्रममा मापसे गरेको खुलेको छ । एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रूपमा परिभाषित गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष र यो वर्ष १० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको छ ।

गत असार २८ गते मात्रै नागढुंगानजिकै बा १३ च ८९२७ नम्बरको एम्बुलेन्स मापसे चेकिङमा पर्‌यो । सामान्यतः ट्राफिक प्रहरीले एम्बुलेन्स चालकलाई मापसे चेकिङ गर्दैन । त्यसैको फाइदा उठाउँदै चालक आशीष टन्डन (नाम परिवर्तन) विमल विशाल थपलिया प्रतिष्ठान धादिङका नाममा रहेको एम्बुलेन्स मापसे गरी हाँक्दै थिए । एम्बुलेन्स अस्वाभाविक तवरले गुडेपछि ट्राफिकले शंका लागेर मापसे चेकिङ गर्दा उनी कारबाहीमा परे ।

महानगरीय प्रहरी वृत्त थानकोटले उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा दायर गर्‌यो । आठ दिन हिरासतमा बसी १२ हजार धरौटी तिरेर टन्डन छुटे । टन्डनले भने आफूले रेड बुल खाएको तर ट्राफिकले मापसे गर्‌यो भनेर कारबाही गरेको आरोप लगाएका छन् ।

गत चैत ५ गते दरबारमार्गमा बा ५ च ५२५ नम्बरको एम्बुलेन्सका चालक रमेश कार्की ९नाम परिवर्तन० समातिएका थिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा बिरामी छाडेर फर्कने क्रममा उनी महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गको चेकिङमा परेका थिए । मापसे गरेर सवारी हाँकेको पाइएपछि उनलाई पनि सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाएर छाडिएको थियो ।

चैत १ गते महाराजगन्जमा बा २ च ९१३३ नम्बरको एम्बुलेन्स चालक विनोद यादव (नाम परिवर्तन) मापसे चेकिङमा परे । सत्य समाज विकास अभियान चपुर रौतहटका नाममा रहेको उक्त एम्बुलेन्स हाँकेका यादवले ट्राफिक प्रहरीलाई मापसे नगरेको बताए ।

ट्राफिकले ब्रेथलाइजर मुखमा लगाएर जाँच्दा उनले मापसे गरेको देखाएपछि उनलाई पनि सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा दायर गरियो ।

टन्डन, कार्की र यादवजस्तै अन्य सातजना एम्बुलेन्स चालक राजधानीका विभिन्न स्थानबाट मापसे कारबाहीमा परेका छन् । अघिल्लो वर्षको साउन २८ मा कलंकीमा बा ३ च ८७९७, भदौ २६ मा बौद्धबाट बा १२ च ८१५८, असोज ३ मा पुतलीसडकबाट बा ८ च ५६६२ र पुस १८ मा भक्तपुरबाट बा ५ च ६००९ नम्बरको एम्बुलेन्स चालक मापसे कारबाहीमा परेका छन् ।

‘एम्बुलेन्सजस्तो संवेदनशील सवारीका चालकले समेत मापसे गरी गाडी हाँक्न मिल्छ रु बिरामी बचाउन हिँडेको व्यक्ति आफैं मापसे कारबाहीमा परेपछि हामीले अहिले एम्बुलेन्सलाई पनि चेक गर्न छाडेका छैनौुं, महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले भने ।

  • आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *