अन्धोपनको प्रमुख कारण : मोतिबिन्दु

Tejin 2143
तेजिन्द्र राना मगर

मोतिबिन्दु भनेको आँखाको लेन्सको पारदर्शितामा कमि (धमिलोपना) आइ हेर्ने क्षमतामा कमि हुनु भन्ने बुझिन्छ। बढ्दो उमेरको कारणले हुने मोतिबिन्दुले संसारको अन्धोपनाको करीब आधा भाग ओगट्छ।

नेपालमा पनि अन्धोपन तथा न्युन दृष्टि गराउने आँखाको समस्याहरु मध्ये मोतिबिन्दु प्रमुख कारण हो । यो प्राय: ५० वर्ष उमेर पुगिसकेकाहरुलाई हुने गर्दछ।

हाम्रो आँखाको लेन्स पारदर्शी हुन्छ। यो मुख्यत प्रोटिन र पानी मिलेर बनेको हुन्छ। मोतिबिन्दु रोगमा पारदर्शी हुनुपर्ने लेन्स विभिन्न कारणले गर्दा विस्तारै अपारदर्शी हुन जान्छ, जसले गर्दा रेटिनामा बन्ने आकृति स्पष्ट हुँदैन र व्यक्तिको दृष्टि कमजोर हुँदै जान्छ।

धेरै जस्तो मोतिबिन्दु बढ्दो उमेरसंग देखापर्दछ। मोतिबिन्दुका अन्य कारणहरुमा गहिरो चोटपटक, धुम्रपानको सेवन, विभिन्न रोगहरु : जलबिन्दु, मधुमेह, दम,जोर्नीहरु दुख्ने रोग, घामको विकिरण, लामो समयसम्म स्टेरोइड औषधिको प्रयोग, पोषण तत्वको कमि, वंशानुगत रोगहरु आदि हुन।

शुरुको अवस्थामा यसको खासै लक्षण देखिदैंन। त्यसैले मोतिबिन्दु छ कि छैन भनेर पत्ता लगाउन त आँखाको जाँच गर्नु पर्दछ। मोतिबिन्दुका मुख्य लक्षणहरुमा : कुहिरो परेजस्तो देखिनु, धमिलो देखिनु, दृष्टिमा क्रमिक गिरावट आउनु, प्रकाश वा बत्तीको वरिपरि गोलो घेरा देखिनु, अध्यारोमा हेर्न गाह्रों हुनु, एउटै वस्तु दुईटा देखिनु, चश्मा लगाउदा पनि देख्ने क्षमतामा सुधार नआउनु आदि। यसका साथै मोतिबिन्दु मच्युर स्टेजमा पुगिसकेको छ भने लेन्स पूर्णरुपमा सेतो र अपारदर्शी हुन्छ।cataract1

मोतिबिन्दु रोग पूर्णरुपमा क्लिनिकल्ली नै पत्ता लाग्छ। त्यसैले मोतिबिन्दु छ कि छैन भनेर पत्ता लगाउनका लागि दृष्टि विशेषज्ञले विभिन्न किसिमका जाँच गर्छन ।

आँखाको देख्ने क्षमता वा भिजुअल एक्युटि, स्लिट ल्याम्प आदिबाट मोतिबिन्दुको अवस्था पत्ता लगाउन सकिन्छ। मोतिबिन्दुको सबैभन्दा प्रभाबकारी उपचार नैशल्यक्रिया हो। यो रोग औषधीले ठिक हुदैंन।

शल्यक्रिया गर्दा लेन्सको क्याप्सुल (लेन्सलाई ढाकेर राख्ने झिल्ली) मा सानो प्वाल पारेर त्यसबाट पुरानो बिग्रेको लेन्स निकालिन्छ र त्यसको ठाँउमा नयाँ कृतिम लेन्स राखिन्छ। यो अप्रेशन अत्यन्त सुरक्षित हुन्छ। यदि मोतिबिन्दुले गर्दा मात्रै आँखा नदेख्ने समस्या भएको हो भनेशल्यक्रिया पछि दृष्टि पूर्णरुपमा ठिक हुन्छ।

अत: मोतिबिन्दु जसलाई पनि हुनसक्छ । मुख्यत: अझ ५० बर्ष उमेर पार गरिसकेकाहरुलाई बढि देखिन्छ। यसबाट बच्न आँखालाई चोटपटकबाट जोगाउने, चुरोट तथासुर्तीजन्य पदार्थको सेवन नगर्ने, पोषिलो खाना, सागसब्जी, तथा फलफूलको नियमित सेवन गर्ने, नियमित आँखाको परिक्षण गराउने, गर्बास्थामा आमाको उचितहेरचाह गर्ने आदि गर्नु पर्दछ।

यदि कसैलाई मोतिबिन्दुको समस्या भएकोजस्तो लागेमा समयमा नै जचाउनु पर्दछ। मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया विभिन्नशिविरहरुमा पनि हुने गर्दछ। संसार हेर्ने आँखाको अन्धोपन गराउने प्रमुख कारण मोतिबिन्दु हो। त्यसैले मोतिबिन्दु हुनबाट बच्नु ठुलो कुरा हो। यदि मोतिबिन्दु रोग लागिहाले पनि समयमै आँखा रोग विशेषज्ञसँग जाँच गराई शल्यक्रिया गराउनुपर्दछ।

  • राना रुमा हेल्थपोष्ट म्याग्दीका इन्चार्ज हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *