यी हुन् रगतमा कोलेस्टेरोेल घटाउने खाना

डा. प्रकाशराज रेग्मी वरिष्ठ मुटुरोग विशेषज्ञ

१) शाकाहारी खाना प्रयोग गर्न सके सबै भन्दा उत्तम हुन्छ किनकी शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा अति कम हुन्छ ।

२) अत्याधिक कोलेस्टेरोल र Saturated fats भएका खाद्य पदार्थहरू जस्तै मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री पहेंलोभाग, दूध, घ्यू, मख्खन आदि अत्यन्त कम मात्रामा उपयोग गर्ने । चिल्लो पदार्थको प्रयोग आवश्यक पर्दा polyunsaturated fats (सूर्यमुखी, मकै, भटमास, तोरी आदिको तेल) अथवा monounsaturated fats (बदाम, ओलिभ, Avocado आदिको तेल) प्रयोग गर्नु उचित हुन्छ ।

३) माछा, कुखुरा र लौकाटको मासुमा कम बोसो हुने हुनाले यी चिजहरू कम मात्रामा उपभोग गर्न सकिन्छ ।

४) खसी, बोका, भेडा, च्यांग्रा, बँदेंल, बंगूर आदिको मासुमा अत्याधिक Saturated fats हुने हुनाले यिनीहरूको उपभोग नगर्नु बेश हुन्छ ।

५) खाना पकाउँदा तेल कम राख्ने । मासु पकाउँदा छाला र बोसो सबै काटेर फाल्ने अनि मात्र पकाउने साथै पकाउँदा पग्लेको बोसोको रसलाई झिकेर फाल्ने ।

६) मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिने ।

colesterol

७) सागपात, हरियो तरकारी, फलफुल, गहुँ, खस्रो चामल र दालहरू अत्यन्त फाइदाजनक छन् । यिनीहरूको उपभोग प्रशस्त मात्रामा गर्ने ।

८) Omega-3 fatty acid यूक्त खाद्य पदार्थहरू (माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागति बदाम आदिबाट तयार पारिएका पदार्थहरू) आहारमा प्रयोग गर्नु पर्छ । Omega-3 fatty acid ले कोलेस्टेरोलको नकारात्मक असरहरूलाई कम गर्दछ ।

९) टर्रो स्वाद भएको खाद्य पदार्थले कोलेस्टेरोल घटाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *