कुपोषण हटाउन सर्वोत्तम पिठो बनाउँदै जाजरकोटका आमाहरु

pitho

जाजरकोट १३ जेठ – बच्चालाई कुपोषण हुनबाट जोगाउन जाजरकोटका आमाहरु सर्वोत्तम पिठो बनाउने अभियानमा जुटेका छन् । भेरीमालिका–३ तल्लोथाप्लेस्थित समी चौतारा स्वास्थ्य आमा समूहले जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा सर्वोत्तम पिठो निर्माण गरेका हुन् ।

उनीहरुले तयार पारेको पौष्टिक तत्वसहितको उक्त पिठो केही समयमै बजारमा बिक्रीका लागि पठाउने तयारी गरिरहेका छन् । २५ जना आमा मिलेर गठन गरेको आमा समूहमा खपत भएर बचेको पिठो बिक्री गर्न लागेको आमा समूहकी अध्यक्ष कुशमकला शाहले बताइन् । उनले जिल्ला स्वास्थ्य कार्यालयको खाद्य सुरक्षा कार्यक्रममार्फत तीन लाख रुपैयाँ अनुदान सहयोग लिएर आमा समूहले पहिलोपटक ३०० किलो सर्वोत्तम पिठो तयार गरिएको जानकारी दिइन् ।

स्थानीय गहुँ, मकै र भटमास मिसाएर बनाइएको पिठो बच्चाबच्चीका लागि स्वस्थ्यकर भएको स्वयम्सेविका एवम् आमा समूहकी सचिव पदमा शाहले बताइन् ।

स्वास्थ्य कार्यालयबाट प्राप्त रकमबाट आमाहरुले पिठो पिस्ने मेसिन, लेभल मेसिन, भाँडाकुँडा र कच्चा पदार्थ खरिद गरेका छन् । ‘आधा किलोग्रामका प्याक बनाएका छौँ एक प्याकको मूल्य रु ५० मात्र राखेका छौँ अब केही समयमै बजारमा सर्वोत्तम पिठो पठाउँछौँ ,’ सचिव शाहले भनिन् । आफ्ना नानीहरुलाई सर्वोत्तम पिठो खुवाएर कुपोषणको सिकार हुनबाट जोगाउन उनले आग्रह गरिन ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *