मिर्गौला फेल हुन लागेको लक्षण कसरी थाह पाउने ?

 

[ File # csp5576624, License # 1631883 ] Licensed through http://www.canstockphoto.com in accordance with the End User License Agreement (http://www.canstockphoto.com/legal.php) (c) Can Stock Photo Inc. / megija

  • सुरूको अवस्थामा मिर्गाैलामा प्रोटिन भन्ने तत्व चुहिन हुन थाल्छ । विस्तारै त्यो बढदै गएपछि पछि मिर्गाैलाले काम गर्न छाडने हो ।
  • प्रोटिन तत्वको चुहिन थालेपछि पिसावमा अत्यधिक फिज आउन थाल्छ । त्यसबाट पनि मिर्गाैलामा खरावी छ भन्ने थाह हुन्छ ।
  • साँझपख गोलीगाँठाहरू सुन्निन थाल्छ ।
  • विहान उठदा आँखाको डिलहरू सुन्निने गर्छ, त्यस्तो भएका व्यक्तिले पनि एक पटक मिर्गाैला परीक्षण गर्नुपर्छ ।
  • राती सुतेपछि धेरै पिसाव हुनु अर्थात तीन पटक भन्दा धेरै पटक पिसाव भयो भने ।
  • विहान उठ्दाधमिलो, कोकाकोला जस्तो, धुवाँजस्तो पिसाव आउछ भने ।
  • कहिलेकाही अत्यधिक कोखा दुख्ने गर्छ भने ।
  • रगतको कमीले शरीर थाक्ने गर्छ भने ।
  • वाक वाक लाग्ने गर्छ भने ।
  • त्यसबाहेक यदि खुलेर पिसाव आउदैन भने , पिसाव गर्दा बल गर्नु पर्छ , थोपा थोपा भएर आउछ , पिसाबका बेला पिडा हुन्छ , रातीमा धेरै पटक पिसाव हुन्छ , ठूलो हुँदासम्म निदाएका बेला ओछयानमा पिसाव हुन्छ भने त्यस्तो व्यक्तिलाई पछि गएर मिर्गाैलाको रोगको सम्भावना हुनसक्छ । त्यसैले समयमै गएर परिक्षण गर्नुपर्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *