निजामती कर्मचारीका छोराछोरीलाई एमबीबीएस, बीडीएस, नर्सिङ र आयुर्वेद पढ्नका लागि छात्रबृत्ति

काठमाडौँ – निजामति कर्मचारीका छोराछोरीलाई विभिन्न विषयमा अध्ययन छात्रबृत्ति प्रदान गर्दैै आएको सामान्य प्रशासन मन्त्रालयले एमबीबीएस, आयुर्वेद एमबीबीएस, बीडीएस र नर्सिङ विषयको अध्ययनरत कर्मचारीका छोराछोरीका लागि पनि छात्रबृत्ति छुट्याएको छ ।

बिहीबारको गोरखापत्रमा प्रकाशित सूचना अनुसार मन्त्रालयले एमबीबीएसमा ८३ जना, आयुर्वेद एमबीबीएसमा २ जना, बीडीएसमा २१ जना र नर्सिङ विषयमा १९ जनालाई छात्रबृत्ति प्रदान गर्ने भन्दै दरखास्त आवहान गरेको छ ।

छात्रबृत्ति पाउनका लागि केन्द्रीय छात्रबृत्ति अन्तर्गत स्नातक तह प्रथम बर्षमा भर्ना भई अध्ययनरत योग्यता पुगेका कर्मचारीका सन्तान दरखास्त हाल्नु पर्नेछ ।

दरखास्त निजामती कर्मचारी सन्तति छात्रबृत्ति व्यवस्थापन समितिको सचिवालय सामान्य प्रशासन मन्त्रालयमा गएर बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस् यो सूचना :

nijamati

हामीसंग सहजरुपमा जोडिन कृपया हाम्रो फेसबुक पेज https://www.facebook.com/nepalihealth/ लाइक गर्नुहोला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *