यी हुन रोग प्रतिरक्षा प्रणाली बलियो बनाउने पेय पदार्थ

jush

स्वस्थ रहनका लागि आफूलाई रोगबाट बचाउन जरुरी हुन्छ । र रोगबाट बच्न रोगप्रतिरक्षा प्रणाली मजबुत हुनुपर्छ । आफ्नो खानामा त्यस्ता पदार्थहरु समावेश गर्नुस्, जसले तपाईको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।

आउनुस आज हामी तपाईँलाई केही त्यस्ता पेय पदार्थ (जुस) को बारेमा जानकारी गराउछौँ, जसको नियमित सेवनले मात्रै तपाईँलाई सम्भावित रोगहरुबाट बचाउछ र स्वस्थ राक्छ ।

१. कागतीको रस :

सजिलै पाइने कागतीको सेवनले रोग प्रतिरक्षा क्षमता बढाउन मद्दत गर्छ । प्रसस्त मात्रामा भिटामिन सी एन्टीअक्सीडेनट पाइने हुँुदा यसले बिबिध प्रकारका रोगबाट बचाउँछ ।

२. स्याउको जुस :

एउटा अंग्रेजी कथन नै छ दिनहुँ एउटा स्याउ खाने ब्यक्ति डाक्टरकोमा कहिल्यै जान पर्दैन स्याउको बोक्रा सहित पिँधेर जुस बनाई नियमित सेवन गर्नाले रोगबाट बचाउँछ ।

३. ग्रिन टी:

ग्रिन टीमा एपीग्यालोक्याटेचिन नामक तत्व पाईन्छ जसमा किटाणुहरु बिरुद्ध लड्न सक्ने क्षमता र गुण हुनछ । ग्रिन टीको नियमित सेवनले रोग प्रतिरक्षा क्षमता बढाउँछ ।

४. ब्रोकाउली जुस:

ब्रोकाउलीको जुस सेवन गर्नाले यसमा पाईने सल्फर ले शरीरको बिषादि हटाउने काम गर्छ र तपाईलाई स्वस्थ रहन मद्दत गर्छ ।

५. बिटरुट जुस/चुकन्दर/ गुलियो मूला :

स्वदमा पनि गुलियो हुने बिटरुट पिउँदा तपाईलाई औषधिका रुपमा प्रयोग गरेको भान पनि हुदेन यसमा प्रसस्त मात्रामा पाइने भिटामिन सी र अरु एन्टिअक्सिडेन्ट ले तपाइलाई रोगबिरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *