ख्याल गर्नु भएको छ ? तपाईँको बच्चामा पनि ‘फाइमोसिस’को समस्या हुनसक्छ

डा आरपी चौधरी, प्याडियाट्रिक सर्जन

बच्चा (पुरुष)को जनेन्द्रीय अर्थात लिंगको टुप्पाको डल्लो (सुपाडी)लाई छालाले छोप्ने अवस्थालाई ‘फाइमोसिस’ भन्छौँ । जन्मदा खेरी कुनै पनि बच्चाको लिंगको टुप्पाको छाला पछाडी जाँदैन अर्थात छालाले टुप्पो छोपेको हुन्छ । भर्खर जन्मेका बच्चामा यस्तो समस्या हुनु स्वभाविक हो । तर उमेर बढ्दै जाँदा त्यो खुल्दै जानुपर्छ ।

जन्मेको छ महिना पछि आफसेआफ लिंगको टुप्पाको छाला पछाडी सर्किनु पर्छ । अर्थात खुल्दै जानुपर्छ र लिंगको टुप्पाको डल्लो अर्थात सुपाडी देखिनुपर्ने हुन्छ । तर आजकल धेरै बच्चामा फ्यामोसिस समस्या देखिने गरेको छ । जसले गर्दा बच्चामा पिसावको संक्रमण हुँदै मिर्गौलाको संक्रमण सम्म पुग्छ ।

फाइमोसिसले कस्तो असर गर्छ ?

लिंगको टुप्पोमा रहेको छालाले नछोडेपछि अर्थात नखुलेपछि त्यहाँ संक्रमण सुरु हुन्छ । किनकी लिंगको बाटो हुँदै फोहर बाहिर निस्कने हो । यदि छाला राम्रोसंग खुलेन भने फोहर भित्रै बसी राख्छ । त्यो फोहरलाई मेडिकल शब्दमा ‘स्मेग्मा’ भन्छौँ । त्यो फोहर जम्मा हुँदै जान्छ । त्यसलाई यदि सफा गरेनौँ भने त्यसले इन्फेक्सनलाई निमन्त्रणा गर्छ । जसबाट विभिन्न स्वास्थ्य समस्या देखापर्न सक्छ ।

फाइमोसिस भएको कसरी थाह पाउने ?

 

कसैलाई लिंगको छाला रातो भएर आउँछ । जसलाई मेडिकल भाषामा प्रोस्थाइटिस भन्छौ । कतिपयको पिसाव आउने ठाँउबाट पिप समेत आउछ जसलाई हामी पोष्ट डिस्चार्ज भन्छौँ ।

कसैको टुप्पोको छाला मात्रै होइन पुरै लिंग नै रातो भएर आउछ । लिंगको टुप्पोमा हुने डल्लो(सुपाडी) पनि रातो भएर आउछ त्यसलाई बाइलानो प्रोेष्थाइटिस भन्छौँ ।

यदि बच्चाले पिसाव गर्दा लिंगको टुप्पोको छाला डल्लो भएर फुल्ने अवस्था जसलाई हामी बेलुनिङ भन्छौ देखियो पनि त्यसमा फ्यामोसिस भएको छ भनेर जान्न सकिन्छ । त्यस्तै पिसावको धारा मसिनो आउने, पिसावको धारा मसिनो आउने , पिसाव गर्दा पोल्ने पनि हुन्छ जसले गर्दा बच्चा रुन्छ ।

बच्चाले सामान्य अवस्थामा जोडले पिसाव फेर्ने गर्छ तर यदि साह्रै मसिनो धाराले सुस्त पिसाव फेरेको छ । नजिकै चुहाएको छ या पिसाव फेर्दा कहनेको छ । वा बल गरेको छ भने पनि समस्या छ भनेर बुझ्न सकिन्छ । कहिलेकाही संक्रमण बढ्दै जाँदा ज्वरो आउने र पटक पटक बान्ता हुने पनि हुन्छ ।

समयमै उपचार नगरे के हुन्छ ?

माथिका लक्षणका आधारमा तपाईँ आफैले पनि आफ्नो बच्चालाई फाइमोसिस छ कि छैन अनुमान गर्न सक्नुहुन्छ । र तत्काल शंका लागेमा चिकित्सकलाई देखाई हाल्नु पर्ने छ ।

फाइमोसिसको यदि समयमै उपचार वा व्यवस्थापन गरिएन भने त्यसले हाम्रो पिसाव नलिको बाही भाग अर्थात लिंगको टुप्पाको प्वाल साघुँरो गराउदै लैजान्छ । त्यसपछि पिसाव मसिनो हुँदै जान्छ । छालाको कारण पिसावबाट आउने फोहर खुलेर बाहिर आउन पाउदैन ।

लिंगको भित्री भागमै जम्मा हुनपुग्छ वा बाहिरी भागको टुप्पोमा अडकिएको हुन्छ । र त्यहिबाटै इन्फेक्सन सुरु हुन्छ । लिंगको टुप्पामा रहेको डल्लो ( सुपाडी)मा प्वाल हुन्छ जसलाई हामी एक्सटरनल युरेटस मेहट भन्छौँ ।

फाइमोसिस हुँदा पिसाव निस्कने बाहिरको बाटो पनि साँघुरो बनाउछ । बाहिरको बाटो अर्थात छाला नखुलेको कारणले गर्दा त्यो भित्र युरेथ्रो मेटस हुन्छ । पिसावको थैलोमा इन्फेक्सन हुन पुग्छ । त्यो भन्दा पनि हेलचेक्राई गर्यो भने त्यसको असर मिर्गौला सम्म पनि पुग्छ ।

उपचार कसरी गर्ने ?

खासमा लिंगमा टुप्पामा टासिएको छाला एक महिना पछि विस्तारै खुल्दै जानुपर्छ । प्राकृतिक रुपमै खुल्दै जान्छ । तर खुलाउनका लागि शिशु वा बच्चाको अभिभावकले पनि केही पहल गर्नुपर्छ ।

जस्तो कि नुहाइदिएको बेलामा, विस्तारै लिंगको टुप्पोको छालालाई खिचिदिने, तेल मासिल गर्दा लिंगमा लगाएर विस्तारै खिचिदिने गर्न सकिन्छ । यसले लिंगको टुप्पामा लागेको पर्दा विस्तारै खुल्दै जान्छ । तर यदि त्यसो गरेनौ र प्राकृतिक रुपमा पनि खुलेन भने त्यसले समस्या पार्न सक्छ ।

शिशुको उमेर बढदै जाँदा यदि उसको टुप्पोको छाला सेतो भइसकेको छ भने कडा भइसकेको छ भने दिनमा तिन पटक स्टोराइज क्रिम लगाएर हल्का तन्काउने र खिच्ने गर्न सकिन्छ ।

यसरी पनि छेकिएको पर्दा हटन सक्छ । तर यदि छ हप्ता सम्म पनि सो उपचारले सुधार भएन भने पिसावमा इन्फेक्सन भइरहेको छ भने । त्यो बच्चालाई सर्कमसिजन भन्छौ लिंगको टुप्पाको छाला उपाय गर्नुराम्रो हुन्छ ।

के हो सर्कमसिजन ?

लिंगको टुप्पाको छाला जसले प्वाललाई अवरोध पारेको हुन्छ । त्यसलाई हटाउने एक किसीमको माइनर सर्जरीलाई सर्ककसिजन भन्दछौँ । धार्मिक हिसावले कुरा गर्दा हिन्दुहरका लागि सर्कमसिजन अनिवार्य होइन तर मुस्लिमहरुमा यो अनिवार्य छ ।

पश्चिमा मुलुकहरु तथा विकसित अन्य मुलुकमा पनि सर्कमसिजन बढदै गएको छ । अमेरिका त अहिले यसको चाप बढको छ । अमेरिकामा जन्मेको एक महिनामै छोराको सर्कमसिजन गर्ने गरेको बताइन्छ ।

सर्कमसिजन राम्रो हो ?

चिकित्सा विज्ञानको हिसावले अति नै राम्रो हो । फाइदै फाइदा छ । किनकी त्यो फाल्दा फोहर जम्न पाउदैन । पिसावमा इन्फेक्स्न हुन पाउदैन । लिंगमा क्यान्सर हुने सम्भावना जति हुन्छ । त्यो लिंगको टुप्पोमा छाला भएकोलाई नै हुने हो । तर एक महिना भित्र गरयो भने त्यस्तालाई क्यान्सर नहुने भनेर पाइएको छ । त्यसैले अमेरिकीहरुले सर्कमसिजन छिटो गर्छन अरुको तुलनामा ।

सर्कमसिजन गर्ने श्रीमानहरुको श्रीमतीलाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना पनि कम हुन्छ भनिएको छ । किनकी पाठेघरको मुखको क्यान्सर पनि इन्फेक्सन बाट नै हुने हो । छालामा बसेको फोहरले यौनसम्पर्कको बेला जान्छ र क्रोनिक इन्फेक्सन भयो भने यसले पाठेघरको मुखको क्यान्सरका लागि निम्ता दिन्छ ।

# डा. चौधरी ईशान बाल तथा महिला हस्पिटल बसुन्धरामा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

6 thoughts on “ख्याल गर्नु भएको छ ? तपाईँको बच्चामा पनि ‘फाइमोसिस’को समस्या हुनसक्छ

  1. Hello doctor,
    I need phimosis treatment as soon as possible how can i meet you doctor or where i can meet you doctor..

  2. Hello doctor,
    I need phimosis treatment as soon as possible how can i meet you doctor or where i can meet you doctor..

Leave a Reply

Your email address will not be published. Required fields are marked *