स्तनपानको मामलामा बेलायत विश्वकै ‘खराब देश’

stanpan1

बीबीसी – एक अध्ययनले बेलायतलाई स्तनपानको मामलामा विश्वकै खराब देशको संज्ञा दिएको छ । बेलायती आमाहरुले आफ्ना शिशुलाई निकै कम समय स्तनपान गराउने गरेको भन्दै खराब देशको संज्ञा दिएको हो ।

ल्यान्सेटमा प्रकाशित तथ्यांक अनुसार बेलायतमा करीब २ सय आमा मध्ये करीब १ जना आमा (०.५ प्रतिशत)ले मात्रै एक बर्ष पछि पनि आफ्नो सन्तानलाई स्तनपान गराउछिन् । जबकी त्यो प्रतिशत जर्मनीमा २३, ब्राजिलमा ५६ र सेनेगलमा ९९ प्रतिशत छ ।

अध्ययन अनुसार बेलायतमा करीब ८१ प्रतिशत महिलाले सन्तानलाई स्तनपान गराउन सुरु गर्छन तर ६ महिना पछि त्यो ३४ प्रतिशतमा झर्छ । र एक वर्षसम्म पुग्दा संख्या घटेर ०.५ प्रतिशतमा झर्छ ।

त्यसो त प्रतिवेदनले अमेरिकामा स्तनपान गराउन सुरु गर्ने ७९ प्रतिशत आमाहरुमध्ये ६ महिनामा पुग्दा घटेर ४९ प्रतिशत र एक बर्ष पुग्दा त्यो पनि घटेर २७ प्रतिशतमा पुगेको देखाएको थियो ।

अनुसन्धानकर्ताहरुले बेलायतको तथ्यांक एकदमै लज्जाजनक भएको बताए । उनीहरुले स्तनपानमा खासगरी विकासोन्मुख देशहरुमा बढी भएपनि बेलायतको तथ्यांक चाहि अरु युरोपियन देशको भन्दा पनि निकैनै तल रहेकोले एकदमै खराब भएको बताउछन् ।

त्यसो त बेलायमा शिशुलाई ६ महिनासम्म एक्सक्लुसिभ ब्रेसफिडिङ र त्यसपछि आमाको दुधसंगै अरु खाद्य पदार्थ खुवाउन सकिने मापदण्ड बनाइएको छ ।

stanpan

स्तनपान जीवनदान

स्तनपान बच्चाको स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ । यसले बच्चामा मात्रै होइन महिलामा हुने ओभरियन तथा स्तन क्यान्सरको जोखिमबाट समेत जोगाउछ ।

ब्राजिल फेडेरल युनिभर्सिटी अफ पेलोटासका प्राध्यापक सिजर भिक्टोरिया भन्छन, स्तनपानको फाइदा केवल गरीब देशहरुसंग जोडिनु सरासर गलत हो । किनकी स्तनपानले गरीब तथा धनी देशका बच्चालाई फाइदा हुनेछ ।

ल्यान्सेट रिपोर्टका अनुसार विकसित देशमा स्तनपानले बच्चाको अकस्मात मृत्यु हुने दरलाई एक तिहाईले कम गरेको छ । त्यस्तै गरीब देशमा झाडा पखला तथा स्वासप्रश्वास सम्वन्धी समस्यालाई स्तनपानले घटाउने गरेको पाइएको छ ।

रिपोर्टका लेखक भन्छन्, ‘स्तनपानले संसारभर बर्षेनी करबि ८ लाख बच्चाको ज्यान जोगिने गरेको छ ।’रिपोर्टमा भनिएको छ बेलायतमा यसरी कम स्तनपान हुनुको पछाडी विभिन्न कम्पनीले निर्माण गरेका कृतिदुध सम्वन्धी विज्ञापन नै हो । त्यो बाहेक स्तनपान गराउदा सुरुका केही हप्ताहरुमा देखिने विभिन्न समस्या र जटिलता पनि कारक रहेको विशेषज्ञहरु बताउछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *