डा. केसीको अनसन नरोकिने संकेत ! भन्छन, ‘आइतबारसम्म अन्य माग पनि पुरा हुनुपर्छ ‘

dr-govinda-kc
नेपाली हेल्थ / काठमाडौँत्रिवि शिक्षण अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ प्राडा गोविन्द केसीले शिक्षा आयोग गठन हुदैमा अनसन नरोकिने बताएका छन् ।

उनले व्यवस्थापिका संसदमा छलफलका लागि दर्ता भएको  मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान फिर्ता हुनुपर्ने , त्रिविका पूर्व पदाधिकारीहरुले गरेको अनियमिता छानवीन गर्न उच्चस्तरीय कमीटी गठन हुनुपर्ने , त्रिविमा राजनीतिक नियुक्ती रोकिनुपर्ने लगायतका माग अघि सारेका छन् । यी मागहरु आइतबार भित्रै पुरा नभए सोमबारबाट आठौँ अनसन सुरु गर्ने बताएका छन् ।

डा केसीले चिकित्सा शिक्षा आयोग एउटा मात्रै माग भएको भन्दै बाँकि मागका विषयमा सरकार मौन रहेको बताए । यद्धपी उनले आयोगको संरचना र समितिका पदाधिकारीहरु प्रति आपत्ती नरहेको स्पष्ट पारे ।

डा केसीले  दुई साताको समयसीमा गत बुधबार सकिएपछि सोमबारबाट अनसन बस्ने घोषणा गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *